टोपी दिवसको अवसरमा दमकमा लोकगायकसहित १०४ बर्षिय ज्येष्ठलाई सम्मान

दमक,१७ पुस / दशौं नेपाली टोपी दिवसका अवसर पारेर दमकमा आज अग्रज लोकगायक सिताराम ताजपुरियालाई सम्मान गरिएको छ ।जीवन चक्र समाज नेपालले अग्रज लोकगायक ताजपुरियाले नेपाली लोक गीत, संगीतका क्षेत्रमा योगदान पुरयाँएवापत सम्मान गरेको हो । उनलाई कार्यक्रमकी प्रमुख अतिथि दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले दाउरा सुरुवाल, ढाकाटोपी तथा सम्मान पत्रद्धारा सम्मानित गरेकी थिइन् । त्यसैगरि संस्थाले दमक २ का १०४ बर्षिय ज्येष्ठ तिलचन दाहाललाई दिर्घ जीवनको कामना गदैं सम्मान गरेको थियो ।
दमकको गणतन्त्र चौंकमा आयोजित उक्त कार्यक्रममा आयोजक संस्थाले निकालेको सन्देसमूलक गीत पनि सार्वजनिक गरिएको थियो । ‘मानवीय एकताको एउटा धरोहर जीवन चक्र समाज हाम्रो साझा प्यारो घर’ बोलको उक्त संस्थाको गीत साहित्यकार तुलसी प्रसाद भट्टराईको शव्द तथा दमकको काव्य रेकर्डिङ स्टुडियोमा गरिएको हो ।
कार्यक्रममा बक्ताहरुले नेपाली पहिचानका लागि परम्परागत ढाकाटोपी र दौरासुरुवाललाई राष्ट्रिय पोशाकका रुपमा घोषणा गरिनु पर्ने औल्याएका थिए ।
त्यस अवसरमा संस्थाले विभिन्न व्यक्ति,संस्थाबाट संकलन गरेको करिव ३ सय वटा ढाकाटोपी सहभागि सबैलाई प्रदान गरिएको कार्यक्रम संयोजक बेनुराज प्रसाईले बताए । संस्थाले विगत अंग्रेजी वर्षको पहिलो दिन टोपी दिवस स्थानीय संघसंस्थाहरुको समन्वयमा भव्य रुपमा मनाउदै आएको छ ।
डा. लेखनाथ न्यौपानेले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन जीवनचक्र समाजका अध्यक्ष गणेश गौतमले गरेका थिए । कार्यक्रममा दमक नगरपालिका वडा न.१ का वडाअध्यक्ष हरि न्यौपाने,दमक ६ का वडाअध्यक्ष टेकबहादुर थापा, ८ का वडाअध्यक्ष दिपेश दाहाल,दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, संस्थाका पदाधिकारी,सदस्यहरु,सञ्चारकर्मीलगायत विभिन्न संघसंस्था,स्थानीयहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।

