फाल्गुनन्द गाउँपालिकाद्वारा गरिब परिवारलाई परिचयपत्र वितरण

पाँचथरको फाल्गुनन्द गाउँपालिकाले जिल्लामै पहिलो पटक नेपाल सरकारले सुचिकृत गरेका गरिब घर परिवारलाई परिचय पत्र दिन थालेको छ ।
सरकारले बर्गिकरण गरे अनुसार अति गरिब सामान्य गरिब र मध्यम गरिब परिवारमा सुचिकृत भएका परिवारलाई संघीय सरकार मार्फत जारी भएको परिचय पत्र वितरण गर्न थालिएको गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले बताउनुभयो ।
फाल्गुनन्द गाउँपालिकाले भने यो परिचय पत्र पाउनेलाई आफ्नै स्रोतबाट स्वास्थ बिमा गरिदिने कार्यक्रम ल्याएको गाउँपालिकाका उपाध्यक्ष ठाकुर नेम्बाङले बताउनुभयो ।
यो गाँउपालिकामा गरिब परिचय पत्र पाउने परिवारको कुल संख्या ४ सय ३२ छ भने वडा नम्वर ३ मा मात्रै ५३ परिवार परिचय पत्र पाउनेको सुचिमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकले बताउनुभयो ।
उक्त गाउँपालिकाले सबैभन्दा धेरै गरिब परिवार रहेको वडा नम्वर ३ स्थित पौवासारतापबाट परिचय पत्र वितरण गर्न थालेको वडा अध्यक्ष सुकविर नेम्बाङले बताउनुभयो ।
यस्तो परिचय पत्र पाउने परिवारलाई शिक्षा,स्वास्थ र रोजगारीसँग आय आर्जनका कार्यक्रममा प्राथमिकता राख्ने सरकारको नीति छ ।

