पुस १७, झापा/   झापाको सदरमुकाम भद्रपुर नगर क्षेत्रमा नेपाल टेलिकमको सेवा २२ घण्टादेखि अवरुद्ध छ। टेलिकमको ल्याण्ड लाइन र एडिएसएल सेवा अवरुद्ध हुदाँ सेवाग्राही मारमा परेका छन्।

साथै सरकारी कार्यालयको सेवा पनि यसले प्रभावित बनाएको छ। भद्रपुर–बिर्तामोड सडक खण्ड अन्तर्गत हर्चनामा निर्माण कम्पनीले जेसिभी प्रयोग गरी नाला खन्दा टेलिकमको अप्टिकल फाइवरको तार काटेको हो।

टेलिकमको अप्टिकल फाइबरको तार काटेपछि सोमबार बिहान साढे ११ बजेदेखि सेवा अवरुद्ध भएको टेलिकमका कर्मचारी हरि थापाले जानकारी दिए। ‘हिजो बेलुका विराटनगरका आइटीका शाखाका कर्मचारी आएको छ’, टेलिकम भद्रपुर शाखाका प्रमुख दीपक शिवाकोटीले भने, ‘साँझ परेकोले हिजो काम हुन सकेन, अहिले काम भइरहेको छ, कति बजे सेवा सुरु हुनेमा अहिले नै केही भन्न नसकिदैन्।

टेलिकमको सेवा अवरुद्ध हुदाँ भद्रपुर र चन्द्रगढी शाखाका वितरण भएका तीन हजार ल्याण्डलाइन र १५ सय एडीएसएलका सेवाग्राही प्रभावित बनेको जनाइएको छ।

Facebook Comments Box