पुस १७, २०७५ उदयपुर / कटारी नगरपालिका–१४ लेखानीकी १५ वर्षीया सीता दाहाल डेढ महिनादेखि बेपत्ता भएकी छन्। उनी घरपरिवार, आफन्तको सम्पर्कमा नरहेको बताइएको छ। सीताकी दाजु विष्णुका अनुसार गत कात्तिक २६ देखि उनी सम्पर्क्विहीन भएकी हुन्। बिहान ९ बजे घरबाट कटारी बजार जान भनी हिँडेकी सीता घर नफर्किएकी विष्णुले बताए। ‘बहिनीलाई आफन्त, छरछिमेक सबैतिर खोजी गर्दा पनि नभेटिएपछि गत मंसिर १० मा इलाका प्रहरी कार्यालय कटारीमा खोजीका लागि निवेदन दिएका थियौं,’ उनले भने, ‘प्रहरीले खोजी कार्यमा चासो नदेखाएकाले अहिलेसम्म बहिनी भेटिएकी छैन।’ तर, इलाका प्रहरी कार्यालय कटारीका डिएसपी धु्रवकुमार श्रेष्ठले भने खोजी कार्य जारी रहेको बताए। ‘प्रहरीले खोजी कार्या गरिरहेको छ,’ उनले भने, ‘अझै पनि किशोरी भेटिएकी छैन।’

Facebook Comments Box