बालबालिकालाई कपडा वितरण

दमकको सुन्दर समाज नेपाल नामक संस्थाले जाडोको समयमा विभिन्न विद्यालय तथा वस्तिका बालबालिकाहरुलाई न्यानोको कपडा वितरण गरेको छ । संस्थाकी अध्यक्ष विन्दू सिटौलाका अनुसार विपन्नताका कारण जाडोको समयमा समेत न्यानो कपडा पाउन नसकेका बालबालिकाहरुलाई लक्षित गरि ट्राउजर, मोजा लगायतका न्यानो कपडा वितरण गरिएको हो ।


अध्यक्ष सिटौलाको अगुवामा दमक १ को नमूना वस्ति, दमक ५ को दिपिनी आधारभूत विद्यालय तथा कमल–६ को पञ्चकन्या प्राथमिक विद्यालयका विद्यार्थी तथा बालबालिकाहरुलाई ति सामाग्री वितरण गरिएको हो । तीन स्थानमा गरेर १ सय ५० जना विद्यार्थीलाई कपडा वितरण गरिएको अध्यक्ष सिटौलाले जानकारी दिनुभयो ।
आगामी दिनमा संस्थाले आर्थिक विपन्नतामा रहेका महिलाहरुका लागि शिपमुलक तालिम प्रदान गरि आत्मनिर्भर बनाउने समेत लक्ष्य राखेको जनाईएको छ । यस अघि समेत सो संस्थाले विभिन्न ठाउँमा विभिन्न परोपकारी काम गरेको जनाएको छ ।