माघ १८ /   बैङ्कहरूले दोस्रो त्रैमासमा उल्लेख्य नाफा गरेका छन् । एक दर्जन वाणिज्य बैङ्कले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

जसमा १२ वटै बैङ्कको नाफामा उत्साहजनक वृद्धि देखिएको छ । हामीले वित्तीय विवरण सार्वजनिक गरेका १२ वटा वाणिज्य बैङ्कको नाफा र प्रतिसेयर आम्दानीलाई लिएर विश्लेषण गर्न खोजेका छाँै ।

दुईवटा बैङ्कको प्रतिसेयर आम्दानी घटे पनि अन्य बैङ्कहरूको प्रतिसेयर आम्दानी भने बढेको छ ।

सातवटा बैङ्कको नाफा अर्बभन्दा माथि, नबिललाई पछ्याउँदै एनआईसी एसिया
१२ वटा बैङ्कमा सातवटा बैङ्कको नाफा अर्बभन्दा माथि रहेको छ । हिमालयन बैङ्क, नबिल बैङ्क, इन्भेस्टमेन्ट बैङ्क, एसबीआई बैङ्क, ग्लोबल आईएमई, सिद्धार्थ र एनआईसी एसिया बैङ्कले अर्बभन्दा माथिको नाफा गरेका छन् ।

यसमा पनि सबैभन्दा बढी नबिल बैङ्कको रहेको छ । यसले २ अर्ब १७ करोड ६८ लाख रुपैयाँ नाफा गरेको छ । यो गत वर्षको भन्दा १८.४५ प्रतिशत बढी हो । गत वर्ष १ अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको थियो ।

प्रतिशतको हिसाबले सबैभन्दा बढी नाफा गर्ने बैङ्कमा एनआईसी एसिया दरिएको छ । बैङ्कले गत वर्षको यसै अवधिको तुलनामा १६४.३६ प्रतिशतले नाफा बढाएको प्रतिवेदन पेश गरेको छ । पुस मसान्तसम्म यसको नाफा १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ रहेको छ । गत वर्ष ५७ करोड १७ लाख रुपैयाँ नाफा गरेको थियो ।

ता इन्भेस्टमेन्टले १ अर्ब ९७ करोड रुपैयाँ नाफा गरेको छ भने ग्लोबल आईएमईले १ अर्ब २२ करोड रुपैयाँ नाफा गरेको छ । नेपाल एसबीआईको १ अर्ब २ करोड, सिद्धार्थ बैङ्कले १ अर्ब ६ करोड रुपैयाँ नाफा गरेको छ ।

Facebook Comments Box