पाँचथरबाट जनसंवाद यात्रा शुरु

पाँचथर / नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले जनताको ऐनामा हाम्रो अनुहार कस्तो देखिन्छ भनेर हेर्न आएको बताएका छन् ।


पाँचथरको चिवाभञ्ज्याङमा एक महिने जनसंवाद यात्रा सुरु गर्दै उनले आफैं रुपान्तरण हुने अभियानको सुरुवात गरेको बताए । ‘नयाँ शक्तिले मध्यपहाडी लोकमार्गमा सुरु गरेको राष्ट्र जनसंवाद अभियान राष्ट्र जोड्ने अभियान हो, समृद्धिको अभियान पनि हो,’ उनले भने, ‘यो हामी आफैं पनि जनताबाट सिक्दै रुपान्तरण हुने अभियान हो ।’
उनले नागरिकलाई निर्मम भएर सल्लाह, सुझाव र आलोचना गर्न आग्रह गरे । नेपालमा राजनीतिक शुद्धिकरण बिना समृद्धि सम्भव नभएको उनको निष्कर्ष थियो । ‘विकास र समृद्धिको लागि राजनीति असल हुनुपर्छ, यसको लागि नेपालमा राजनीतिको शुद्धीकरण हुन आवश्यक छ,’ उनले भने ।
Facebook Comments Box