फागुन १७, २०७५ पोखरा / जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका एक भारतीय कैदीको मृत्यु भएको छ। भारतको मोतिहारी घर भई हाल पोखराको चिप्लेढुंगाका ३५ वर्षीय सन्दीप साहको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए। लागुऔषधसम्बन्धी मुद्दामा म्याद थप गरी बन्दीका रूपमा रहेका उनलाई हिजो बिहान बान्ता गरेपछि अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा साहको मृत्यु भएको हो।

Facebook Comments Box