राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष प्रचण्ड लगाएतद्वारा श्रद्धाञ्जली अर्पण

 सातै जनाको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाइयो

 

१७ फाल्गुण, २०७५ काठमाडौं / ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनालाइ श्रद्धाञ्जलि दिइएको छ । टुँडिखेलमा राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड, सरकार मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, बिशिष्ठ अधिकारी, लगाएतले श्रद्धाञ्जली अर्पण गरेका छन् । त्यस्तै प्रधानमन्त्री ओलीले स्व मन्त्री अधिकारी लगाएत सातै जनाको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर राष्ट्रिय सम्मान व्यक्त गरे । श्रद्धाञ्जलीका सर्वसाधारणको टुँडिखेलमा भीड लागेको छ । अधिकारीको शव शुक्रबार टुँडिखेलमा राखेर अन्तिम श्रद्धाञ्जलि दिएपछि पोखरा लगिने जनाइएको छ । मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय मन्त्रिपरिषदको बुधबारको बैठकले गरिसकेको छ । मन्त्री अधिकारीको अन्त्येष्टि उनको गृहजिल्ला कास्कीमा हुनेछ । काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

शुक्रबार, १७ फागुन, २०७५, बिहानको ०९:१० बजे

सम्बन्धित खवर