घरघरमै पुगेर गुनासो सुन्छन नगरप्रमुख पोख्रेल

बैकल्पिक खवर

सुरुङा / झापाको कनकाई नगरपालिकाले जनताका गुनासो सुन्नका लागि जनतासग जनप्रतिनिधि कार्यक्रम मार्फत गाउँ गाउँमा टोल सुनुवाई कार्यक्रमको सुरुवात गरेको छ ।
नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले आफ्नो कार्यकालको समय सकिन लागेकोले चुनावी घोषणापत्र बोकेरै गाउँ गाउँमा जनताका केहि गुनासा बाकी छन कि भनेर गाउँ गाउँमै पुगेर जनतासग जनप्रतिनिधि कार्यक्रमको सुरुवात गरेको बताउँनुभयो ।
यस कार्यक्रमको सुरुवात कनकाई ४ को टेक्राबाट बुधवारबाट सुरुवात गरिएको छ । कार्यालय समयमा कार्यालयकै कामको चापले गर्दा जनताको गुनासो सुन्न नपाइने हुदा समय मिलाएरै गाउँ गाउँमै जनप्रतिनिधि पुगेर भेटेर गुनासो सुन्नका लागि कार्यक्रमको आयोजना गरिएको नगरप्रमुख पोखरेलले बताउँनुभयो ।
बुधवार भएको कार्यक्रममा स्थानीयले धनीपुर्जा बितरण, कृषि मल बिउँ बिजन, कृषि औजार, स्वास्थ्य शिक्षा लगायातका वारेमा गुनासाहरु राखेका थिए । नगरप्रमुखले नगरपालिका हालैमात्र देशकै उत्कृष्ट ३ भित्र पर्न सफ लबनेको भन्दै नगरपालिका देशकै पहिलो उज्यालो नगरि घोषणाको अन्तिम तयारीमा रहेको बताउँनुभयो ।
नगरप्रमुखले अव यसै बर्ष कनकाई नगरपालिकालाई धुले सडकमुक्त .तथा उज्यालो नगरिका रुपमा देशमै पहिलो नगरपालिका घोषणाको अन्तिम तयारीमा रहेको समेत जानकारी दिनुभयो । आफुले चुनावी नाराका रुपमा धनीपुर्जा बितरणलाई प्रमुख एजेण्डा बनाएको भन्दै नगरप्रमुख पोखरेलले धनीपुर्जा बितरण समेत अन्तिम तयारीमा रहेको भन्दै धनीपुर्जा बितरण समेत देशकै पहिलो नगरपालिका हुन लागेको जानकारी दिनुभयो ।
कनकाई नगरपालिकाका प्रवक्ता तथा कनकाई ४ का वडाअध्यक्ष गोविन्दप्रसाद पौड्यालले कार्यालय समय वाहेक यसप्रकारका गुनासाहरु सुन्नका लागि जनतासँग जनप्रतिनिधि कार्यक्रमको आयोजनालाई नियमित गरिने बताउँनुभयो । हामीले जनताका अझैपनि मनमनमा गुनासाहरु रहेका हुन सक्छन व्यक्त गर्न सकिरहेको हुदैनन यसका लागि यस प्रकारको कार्यक्रम राखिएको हो पौडेलले भन्नुभयो ।- कन्काइ अनलाइन बाट

बिहिबार, १९ चैत, २०७७, साँझको ०५:५८ बजे

सम्बन्धित खवर