‘एक दिवसीय चलचित्र उत्सव’ मा तीन चलचित्र भिड्दै

१८ चैत, २०७५ काठमाडौं । नेपाल चलचित्र संघले चैत २१ गते बुधबार एक दिवसीय चलचित्र उत्सव आयोजना गर्ने भएको छ । कमल पोखरीस्थित कुमारी हलमा फरक फरक समयमा तीन चलचित्र सानो संसार, लूट, छक्का पन्जा ३ देखाइने छ । उक्त उत्सवले नेपाली चलचित्रलाई प्रोत्साहन पुग्ने हिसाबले आयोजना गरिएको हो । चलचित्र संघले चलचित्र विकास, विस्तार, प्रवद्र्धन तथा सम्बद्र्धनका निमित्त काम गर्दै आएको छ । आलोक नेम्बाङ्गले निर्देशन गरेको फिल्म ‘सानो संसार’मा नम्रता श्रेष्ठ, कर्मा शाक्य, जीवन लुइटेल, नीर शाहको मुख्य भुमिका रहेको छ । दीपाश्री निरौलाले निर्देशन गरेको फिल्म ‘छक्का पन्जा ३’मा दीपक राज गिरी, दीपिका प्रसाई, जितु नेपाल, केदार घिमिरेको मुख्य भुमिका रहेको छ । निश्चिल बस्नेतले निर्देशन गरेको ‘लुट’ फिल्ममा सौगात मल्ल, दयाहाङ राई, ऋर्चा शर्माको मुख्य भुमिका रहेको छ ।

