बेन्जिमाको गोलमा ह्युस्कामाथि मड्रिडको सहज जित

 

१८ चैत, २०७५ एजेन्सी /  स्पेनिस ला लिगा फुटबलको रोमाञ्चक खेलमा रियल मड्रिड विजयी बनेको छ । आइतबार राति भएको खेलमा रियलले ह्युस्कालाई ३–२ गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा करिम बेन्जिमाले खेल सकिन एक मिनेट अगाडी विजयी गोल गरे । रियलको घरेलु मैदानमा भएको खेलमा अग्रता भने ह्युस्काले लिएको थियो । तेस्रो मिनेटमै जुआन क्यामिलो हर्नाल्डेजले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए । २५ औ मिनेटमा ईस्कोले गोल गर्दै खेल बराबरीमा ल्याए । ६२ औ मिनेटमा ड्यानी सेबालोसले गोल गर्दै पुन रियललाई अग्रता दिलाएपनि ७४ औ मिनेटमा जाबियार एटक्सिटाले खेल बराबरीमा ल्याएका थिए । खेल सकिन एक मिनेट बाँकी छदाँ बेन्जिमाले गोल गर्दै रियललाई तीन अंक दिलाए । रियलको मुख्य प्रशिक्षकमा आएपछि जिनेदिन जिदानले दुवै खेलमा जित निकाल्न सफल भएका छन् । रियल शीर्ष स्थानको बार्सिलोना भन्दा १२ अंकले पछाडी छ । तेस्रो स्थानको रियलले ५७ अंक जोडेको छ । ह्युस्का २२ अंक सहित तालिकाको पुछारमा छ ।

सोमबार, १८ चैत, २०७५, बिहानको १०:२८ बजे

सम्बन्धित खवर