पूर्वराजा शाह इलाममा

इलाम / पूर्वराजा ज्ञानेन्द्र शाहलाई आइतबार इलामको फिक्कल बजारमा भव्य स्वागत गरिएको छ। निजी भ्रमणका लागि झापाको दमक हुँदै पाँचथर हिँडेका पूर्वराजा शाहको स्वातगमा मेची राजमार्गका हजारौँको संख्यामा उनका सर्मथक बसेका थिए। आइतबार साँझ इलाम सदरमुकाममा बसेर पूर्वराजा सोमबार पाँचथर जाने कार्यक्रम रहेको छ। सोमबार उनले पाँचथर सदरमुकाम फिदिमको शिवालयमा पूजाआजा र राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सालिकमा माल्यार्पाण गर्ने कार्यक्रम छ। मंगलबार पुनः इलाम फर्केर उनी बुधबार पनि इलाम बस्ने उनका सर्मथक हरि श्रेष्ठले बताए। बिहीबार इलाममा पदयात्रा र माइस्थान मन्दिरमा उनले पूजाआजा गर्ने कार्यक्रम तय गरिएको छ। त्यसै दिन पूर्वराजा दमक फर्कने छन। कुनै विशेष सार्वजनिक कार्यक्रमहरू नभई पूर्वराजा ज्ञानेन्द्र निजी भ्रमणका लागि पूर्वी पहाड यात्रा गरेको श्रेष्ठले बताए।

