गौरादहमा थप ३ जनामा कोरोना संक्रमण पुस्टि

बैकल्पिक खवर

गौरादह / झापाको गौरादहमा एकैदिन ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमितहरु १ महिला र २ जना पुरुष रहेका छन् । यहि १६ गते कोरोना संक्रमणको आशंकामा २२ जनाको प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा स्वाब संकलन गरी पठाएकोमा शुक्रबार(हिंजो) ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने, बाँकी १९ जनाको रिपोर्ट नेगेटिभ आएको गौरादह नगर स्वास्थ्य शाखा सह-संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । कोरोना संक्रमण पुष्टी भएकाहरु गौरादह नगरपालिका-१ र ३ नं. वडाका ४५ र १८ वर्षिय दुई पुरुष, वडा नं. ५ कि ४९ वर्षिया एक महिला रहेका छन् ।

यो सँगै आज सम्मको कुल नयाँ संक्रमितको संख्या ४ महिला र ६ पुरुष गरि १० जना रहेको जनाइएको छ । यस्तै, आजसम्म कोरोना संक्रमित भई २ जना पुरुष डिस्चार्ज भएका छन् । ४ महिला र ४ पुरुष गरि ८ जना सक्रिय संक्रमित होम आइसोलेसनमा रहेका छन् । कोभिड-१९ का कारण गौरादहमा अहिले कसैको मृत्यु नभएको जनाइएको छ ।

यसैबीच, यदि कोभिड-१९ को भ्याक्सिन लगाएकालाई कोरोना पोजेटिभ देखिएमा के गर्ने भन्ने अनलाइनविचारले गरेको प्रश्नमा गौरादह नगर स्वास्थ्य शाखा सह-संयोजक गोविन्द श्रेष्ठले कोभिड भ्याक्सिनको प्रभावकारिता ७२ प्रतिशत मात्र हुने र २८ प्रतिशतलाई कोरोना संक्रमण हुने बताउनुभएको छ । यस्तै, यदि भ्याक्सिन लगाएकालाई कोरोना पोजेटिभ आयो भने अरुलाई जस्तै उपचार प्रक्रिया एउटै रहेको बताउनुभयो ।

शनिबार, १८ बैशाख, २०७८, दिउँसोको ०२:०५ बजे

सम्बन्धित खवर