बिप्लव नेतृत्वको नेकपा दुई टुक्रामा बिभाजित : धमलाको नेतृत्वमा अर्को पार्टी गठन

बैकल्पिक खवर

काठमाडौँ / विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पनि २ टुक्रामा बिभाजित भएको छ । सरकारसँग तीन बुँदे सहमति गरेको नेकपाभित्र लामो समयदेखि अन्तरविरोध र विवाद रहँदै आएको थियो । नेकपाका नेता कृष्ण प्रसाद धमलाले केही केन्द्रिय सदस्य , जिल्ला सेक्रेटरी , मजदुर र विद्यार्थी नेता सहितको नयाँ पार्टी गठन गरेपछि बिप्लबको पार्टी पनि फुटेको हो

नेकपाका पूर्व वरिष्ठ पोलिटब्युरो कृष्णप्रसाद धमलाको संयोजकत्वमा पार्टी विभाजन भएको हो ।विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धोका दिएकोले नयाँ ढंगले अगाडि बढ्नु पर्ने अवस्था आएको बताए । शनिबार एक विज्ञप्ति जारी गरेर नयाँ पार्टीको घोषणा गरिएको छ ।

नयाँ पार्टीको नाम जन समाजवादी मञ्च, नेपाल राखिएको छ । आन्दोलनले नेतृत्वलाई उचाइमा पु¥याउने तर अन्ततः नेतृत्वले नै जनता र क्रान्तिलाई धोका दिएको इतिहासका साक्षी स्वयं हामी नै छौं । तीनै नेतृत्वले आपूmलाई देवत्वकरण गरी क्रान्तिलाई विसर्जन गर्ने प्रवृत्ति हावी रहेको हुनाले लक्ष्य र गन्तव्यसम्म पुग्न नसक्नु विडम्बना नै बनिसकेको सन्दर्भमा सामन्तवादी, साम्राज्यवादी, जडसुत्रवादी चिन्तन र प्रवृत्तिका बिरुद्ध भीषण संघर्षको आँधिवेहरी सृजना गर्न अत्यन्त आवश्यक र जरुरी भैसकेको छ । तसर्थ, संगठनात्मक हिसाबले जनतालाई जनसम्प्रभूता सम्पन्न गरेर मात्र अब बाँकी अधुरो क्रान्ति सम्पन्न गर्न सकिने छ !! जारी विज्ञप्तिमा भनिएको छ ।

मञ्चको आगामि कार्यदिशा वैज्ञानिक समाजवाद रहेको उल्लेख गरिएको छ । नयाँ पार्टीमा १० पूर्व केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज तथा सेक्रेटरी, मजदूर, विद्यार्थीलगायतबाट विद्रोह गरेकाहरु रहेको बताइएको छ । – कन्काइ अनलाइन बाट सभार

शनिबार, १८ बैशाख, २०७८, दिउँसोको ०२:२७ बजे

सम्बन्धित खवर