प्रदेश एकमा ११ जना पत्रकारलाई कोरोना संक्रमण

औपचारिक कार्यक्रम नगर्न महासंघको आग्रह

दमक/   कोरोनाको दोस्रो लहर सुरु भएसंगै अग्र पंत्तिमा रहेर काममा खटिने पत्रकारहरुमा पनि संक्रमण देखिन थालेको छ ।
पछिल्लो समय प्रदेश १ मा ११ जना पत्रकार संक्रमित भइसकेका छन् ।

संक्रमित हुनेमा झापामा ४, मोरङ ३, ओखलढुंगा २, खोटाङ १ र सुनसरी १ गरि ११ जना पत्रकार संक्रमित भइसकेको प्रदेश महासंघका महासचिव विवेक गौतमले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ प्रदेश समितिले प्रदेश भरका पत्रकारहरुलाई सचेतना अपनाएर काम गर्न आग्रह गरेको छ । महासंघले सावधानी अपनाउन र भरसक घरबाट नै काम गर्न र वाहिर निस्कनु पर्ने भए स्वास्थ्य मापदण्डको पालना गर्न समेत आग्रह गरेको छ ।

यसका साथै प्रदेश भरका जिल्ला शाखाहरुमा माक्स र सेनिटाइजर वितरण बाहेक अन्य औपचारिक कार्यक्रम तय नगर्न र तय गरिएका कार्यक्रम समेत स्थगन गर्न शाखाहरुलाई आग्रह समेत गरेको एक नम्वर प्रदेश महासंघका अध्यक्ष लिलाबल्लव घिमिरेले जानकारी दिनुभयो ।

शनिबार, १८ बैशाख, २०७८, दिउँसोको ०२:३९ बजे

सम्बन्धित खवर