सूदर्शन सहकारीको सेवा विस्तार, झापामा पनि शाखा

बैशाख १८, दमक/  मोरङको उर्लावारीलाई मुख्य कार्यालय बनाएर सञ्चालनमा आएको सुदर्शन  सहकारीले आप्नो सेवा विस्तार गरेर झापासम्म पुर्याएको छ ।  मोरङको उर्लाबारीमा मुख्य कार्यालय रहेको सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले दमकमा पनि कारोबार शुरु गरेको हो । संस्थाले दमक ७ मा सेवा केन्द्र स्थापना गरेर कारोबार शुरु गरेको हो ।
यस अघि संस्थाले मोरङकै पथरी र मधुमल्लामा सेवा केन्द्र सञ्चालनमा ल्याईसकेको छ । वैशाख दोश्रो सातादेखि दमकमा सेवा केन्द्र सञ्चालनमा ल्याएर कारोबार शुरु गरेको भएपनि यसको औपचारिक उदघाटन भने गरिएको छैन । संस्थाका कार्यकारी निर्देशक थरेन पौडेलले कोरोना महामारीका कारण औपचारिक कार्यक्रम गरेर सेवा केन्द्र उदघाटन नगरेपनि सदस्यहरुको सुविधालाई मध्यनजर गर्दै कारोबार भने शुरु गरिएको बताए ।

शनिबार, १८ बैशाख, २०७८, दिउँसोको ०३:५२ बजे

सम्बन्धित खवर