मजदुर दिवसमा स्वास्थ्य सामग्री वितरण

बिर्तामोड १८ वैशाख / अखिल नेपाल ट्रेड युनियन महासंघ झापाले १३२ औं  मजदुर दिवसको अवसरमा स्वास्थ्य सामग्री वितरण गरेको छ । कोरोना भाइरस महामारी फेरि फैलिरहेकोले महासंघले माक्स, सेनिटाइजर र पर्चा वितरण गरेको हो ।

युनियनले बिर्तामोडको मुक्तिचोकबाट पैदलयात्री, अटो, मोटरसाइकलमा सवार, पसलमा पुगेर शनिवार स्वास्थ्य सामाग्री वितरण गरेका हुन् । मजदुर दिवसको शुभकामनासहित २ हजार माक्स, २ हजार पर्चा वितरण गरिएको महासंघ झापा अध्यक्ष सीता सापकोटा सन्ध्याले बताइन् ।

कार्यक्रममा महासंघका प्रदेश नं. १ इन्चार्ज भूपाल सापकोटा, श्रम तथा रोजगार विभाग झापा संयोजक डण्डी घिमिरे विवेक, नेकपा माओवादी केन्द्र प्रदेश सदस्य लक्ष्मी न्यौपाने सरुसहितको सहभागिता रहेको थियो ।

महासंघले वितरण गरेको पर्चामा माक्स अनिवार्य प्रयोग गरौ, सावुन पानीले वेला वेलामा राम्रोसँग हात धुने, कोभिडको लक्षण देखिएका परिक्षण गराउने र क्वारेन्टाइनमा बस्ने, सामाजिक दुरी कायम गर्ने, भिडभाडबाट बच्ने, अति आवश्यक काम बाहेक घरबाट वाहिर नजाने, सेनिटाइजरको प्रयोग गर्नेलगायत रहेका छन् ।

शनिबार, १८ बैशाख, २०७८, साँझको ०५:५७ बजे

सम्बन्धित खवर