हल नमिलाइ गोरु नारेर जोत्न सकिंदैन- भट्टराइ

समाजपादी पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले हल नमिलाइ गोरु जोत्न नसकिने भन्दै नेकपा प्रति कटाक्ष्य गरेका छन । हिजो
आयोजित रोपाइँ कार्यक्रममा सहभागी हुन गृह जिल्ला आइपुगेका भट्टराईले सो कटाक्ष्य गरेका हुन । गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा ‘दायाँ र बायाँ फर्केको गोरुलाई नारेर कहिल्यै जोत्न सकिँदैन’ भन्दै भट्टराइले ‘एमाले पछाडि फर्कन खोज्ने शक्ति र माओवादी थोरै भएपनि अगाडि बढ्न खोज्ने शक्ति भएकाले यी दुवै नारिएर काम नहुने बताएका हुन ।


‘कांग्रेस र तत्कालीन एमाले पुरानै दिशा र प्रणालीमा चलिरहेका पार्टी हुन । संघीयता, समावेशिता र गणतन्त्र उहाँहरुको एजेण्डा होइन’, भट्टराईले भने, ‘माओवादी जनयुद्ध, मधेश आन्दोलन, जनजाति आन्दोलनको बलमा उहाँहरु तानिएर आउनुभएको हो, दुर्भाग्यवश प्रचण्डको नेतृत्वमा माओवादी एमालेमा मिसिन पुग्यो, अहिले नेतृत्व पछाडी फर्कन खोज्नेहरुकै हातमा पुगेको छ, यसले ठूलो समस्या हुने म देख्छु