असार १६ सोमबार
काठमाडौं । विवेकशील नेपाली दलले विदेशी संस्थासंग आर्थिक सहयोग लिएको भन्दै नयाँ शक्ति विद्यार्थी युनियनले उक्त दल विरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ । नेपालको राजनीतिक दलसम्बन्धी कानुनअनुसार यस्तो सहयोग लिन नपाइने भएपनि विवेकशील नेपाली दलले आर्थिक सहयोग लिएको भन्दै युनियनले हिजो आयोगमा उजुरी दर्ता गराएको हो ।

२०७२ सालमा गएको महाभूकम्पका पीडितहरुको नाममा अमेरिकास्थित ‘टाउन अफ इन्डियन हेड’का उप­मेयर अमेरिकी नागरिक किरण सिटौलाले अमेरिकामा ५ करोड रकम उठाएको र जसमध्ये ४० लाख रुपैयाँ ‘विवेकशील नेपाली दल’लाई चन्दा दिएको तथ्य बाहिर आएकोले छानविनकालागी प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाला लाइ ध्यानकार्कषण गराइएको नया शक्ति  विद्यार्थी  युनियनका सचिब राम देव पण्डितले जानकारी दिए ।

 

२०७२ सालमा गएको महाभूकम्पका पीडितहरुको नाममा अमेरिकास्थित ‘टाउन अफ इन्डियन हेड’का उप­मेयर अमेरिकी नागरिक किरण सिटौलाले अमेरिकामा ५ करोड रकम उठाएको र जसमध्ये २ करोड ५० लाख बूढानिलकण्ठ स्कूलको पूर्व विद्यार्थी समाज (सेब्स)मा जम्मा गरिएको देखिएको युनियनको दाबी छ । साथै ४० लाख रुपैयाँ ‘विवेकशील नेपाली दल’लाई चन्दा दिएको तथ्य सेब्सको वेबसाइटमा उल्लेख गरिएको र बाँकी २ करोड १० लाख रुपैयाँको हिसाबकिताब कहीँकतै सार्वजनिक नगरिएको उल्लेख गर्दै उजुरी दर्ता गराएको जनाइएको छ ।

“विवेकशील नेपाली दलले स्थापना कालदेखि नै विदेशी गैरसरकारी संस्थाहरुबाट पटक पटक रकम प्राप्त गरेको र गर्दै आएको करोडौं विदेशी रकम चुनावी प्रयोजनका लागि खर्च गरेको हुन सक्ने भएकाले यस विषयमा छानबिन र कारबाही हुनुपर्ने मागसहित यो उजुरी पेश गरेका छौं,” उजुरीमा भनिएको छ ।
नेपाली कानुन अनुसार कुनै पनि स्वदेशी र विदेशी गैरसरकारी संस्थाबाट नेपाली राजनीतिक पार्टीले सहयोग लिन नपाउने व्यवस्था रहेको युनियनले आयोगलाई स्मरण गराएको छ । “नेपालमा राजनीतिक दलसम्बन्धी कानुनअनुसार विदेशबाट परोपकारी वा अन्य कुनै पनि किसिमको कामको लागि आएको रकम राजनीतिक प्रयोजनमा प्रयोग गर्न नपाइने व्यवस्था रहेको कुरा अवगत नै छ । अमेरिकी कानुनअनुसार पनि सामाजिक कार्यका लागि उठाइएको रकम कुनै पनि राजनीतिक पार्टीलाई सहयोग गर्न नमिल्ने व्यवस्था रहेको छ । यसरी नेपाली र अमेरिकी दुवै कानुनको उल्लङ्घन अमेरिकी नागरिक सिटौलाले गरेको पाइएको छ । अतः यस विषयमा पनि आयोगको ध्यानाकर्षण गराउन चाहन्छौं,” पण्डित र राजनीतिक युवा अभियन्ता मोहम्मद इरफानले आयोगमा दर्ता गराएको उजुरीपत्रमा भनिएको छ ।

अमेरिकास्थित ‘टाउन अफ इन्डियन हेड’का उप­मेयर किरण सिटौलाले निर्वा्चित सांसद तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नाम उल्लेख गरी बदनाम र बेइज्जती गर्ने मनसायले सामाजिक सञ्जालमा वक्त्तव्य राखेकोप्रति पनि संगठनको गम्भिर ध्यानाकर्षण भएको पण्डितले जनाएका छन । सिटौलाको अभिब्यक्तिको बिषयलाय लिएर केही दिन अगाडि संगठनका अध्यक्ष श्याम बाबू गौतमले विज्ञप्ति नै जारी गरेका थिए ।

Facebook Comments Box