दमक  / संघीय समाजवादी फोरम नेपाल र नयाँशक्ति पार्टीबीच एकीकरण भएको केही महिनापछि गत मंगलबार विराटनगर मोरङ जिल्ला समायोजन सम्पन्न भएको छ । दुवै पार्टीको समायोजनपछि बनेको समाजवादी पार्टी नेपालको मोरङ जिल्ला अध्यक्षमा राजकुमार यादवलाई चयन भएका छन ।

  

नवगठीत १ सय १५ सदस्यीय समाजवादी पार्टी मोरङको जिल्ला समितिमा चार जना उपाध्यक्षहरू चयन गरिएको छ । जसमा केशरमान गुरूङ, तीर्थराज घिमिरे, नवराज दाहाल र त्रिलोचन गौतमलाई चयन गरिएको समाजवादी पार्टीका नेता भरत दाहालले बताएका छन । त्यसै गरी अन्य पदाधिकारीहरूमा क्रमस सचिव रछामी किराँती, सहसचिवद्वयओम ढकाल र मन्तलाल यादव तथा कोषाध्यक्षमहेश्वर यादवलाइ चयन गरीएको नेता दाहालले जनाएका छन ।

समायोजनपछि नयाँ नेतृत्वमा अध्यक्षको जिम्मेवारी पाएका यादवलाई समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव पर्शुराम बस्नेतले सपथग्रहण गराएका थीए ।

सोही कार्यक्रममा अध्यक्ष यादवले जिल्ला समितिका अन्य पदाधिकारी तथा सदस्यहरूलाई सपथग्रहण गराएका छन् । सो अवसरमा बोल्दै केन्द्रीय सदस्य तेजलाल कर्ण, नयाँशक्तिका प्रदेश संयोजक प्रभुराम श्रेष्ठ र संघीय समाजवादी फोरम नेपालका प्रदेश संयोजक प्रवीण चाम्लिङ र केन्द्रीय सदस्य एवं प्रदेश नम्बर १ का सांसाद जयराम यादवलगायतले एकीकृत पार्टीको सिद्धान्त र एजेण्डा जनताको घरघरमा पुर्याउनु पर्नेमा जोड दिए ।

Facebook Comments Box