मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले नगरका कुनै पनि बिषयमा जनप्रतिनिधि वा कर्मचारी जो कोही दोषी देखिए कसैलाइ नछोड्ने स्पष्ट पारेका छन ।पछिल्लो समयमा नगरपालिकामा भ्रष्टचार र अनियमितताको कुरा सञ्चारमाध्यम र सामाजिक सञ्चालमा आएको बिषय प्रति आफ्नो गभ्भिर ध्यानाकर्षण भएको बताउँदै उठेका बिषयमा नगरपालिकाले आन्तरिक रुपमा छानविन गरिरहेको र दोषी देखिए कसैलाई पनि नछोड्ने नगरप्रमुख आचार्यले बताउएका हुन ।

गत मगँलबार सँचारकर्मीहरु सगँको भेटमा नगरप्रमुख आचार्यले आम नगरबासीको हितका लागि नगरपालिकाले काम गर्ने भएकाले त्यसमा आफुहरु प्रतिबद्ध रहेको बताउँदै भ्रष्टचार र अनियमितता गरेको प्रमाणित भए जनप्रतिनिधि र कर्मचारी जो कोहीलाई कारबाही हुने स्पष्ट धारणा राखेका थिए ।मेचीनगर ४ को मकै खेति सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रक्रिया अगाडी बढाएको बताउँदै नगरप्रमुख आचार्यले त्यस बिषयमा अख्तियारको अनुसन्धानमा नगरपालिकाका तर्फबाट सकरात्मक सहयोग पुर्याउने र दोषी प्रमाणित भए तत्काल कानूनी कारबाही अगाडी बढाउने बताए ।

नगरमा उठेका मकै खेति, ढुंङ्गा गिटि लगायतका सार्वजनिक महत्वका बिषयहरुमा नगरको आन्तरिक छानविन तथा मकै खेतिको अख्तियारले समेत छानविन शुरु गरेकाले सत्यतथ्य सम्पूर्ण कुरा बाहिर आउन केही समय लाग्ने भएकाले केही समय धैर्य धारण गर्न समेत नगरप्रमुख आचार्यले सबै नगरबासीहरुमा आग्रह समेत गरेका छन ।

Facebook Comments Box