पौडेलको जन्मदिन गुरुकुलका विद्यार्थी संग

दमक / दमक उद्योग वाणिज्य संघका कार्य समिति सदस्य तथा सफल यूवा व्यावसायी ज्ञाननाथ पौडेल ( ज्ञानु) ल आफ्नोे जन्मदिन कमल ३ स्थित एक गुरुकुलका विद्याथीहरु संग मनाएका छन । सो अवसरमा पौडेलले गुरुकुलका विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री , सुद्ध पिउने पानिका लागी आवश्यक उपकरण र खाद्यन्न लगायतका सामाग्री प्रदान गरेका छन् । पौडेलले हिजो बुधबार आफ्नो ३१ औँ जन्मदिन मनाएका हुन ।


कमल गापा अन्र्तगत लखनपुर स्थायी घर भई हाल दमकको देबकोटा चोकमा दमक चिन गुड्स मार्फत विभिन्न ब्राण्डका किचन आइटमहरुको व्यावसाय सन्चालन गर्दै आएका पौडेलले एक कार्यक्रमका बिच मुक्तेश्वर गुरुकुलका विद्यार्थीहरुको अध्ययनमा सहजताका लागि नियमित शुद्ध पिउने पानी उपलब्ध गराउन फिल्टरसहित खाद्यन्न र कापी वितरण गरेका हुन् ।
लायन्स क्लब अफ लखनपुरका अध्यक्ष समेत रहेका पौडेलले जन्मदिनलाइ भड्किलो र अनावश्यक खर्चिलो बनाउनुको साटो थोरै भएपनिअरुका निम्ती सहयोग भन्ने भावना आफुमा रहेको बताउदै अब सबैले जन्मदिन मनाउने परम्परालाइ परिष्कृत गर्न आवश्यक रहेको बताएका छन । सो अवसरमा लायन्स क्लबका लिडर तथा सामाजिक व्यक्तित्वहरु विमल शर्मा , रामचन्द्र बराल, धर्मानन्द भट्टराई, प्रहर क्षेत्री,लगायतको उपस्थिती रहेको थियो ।