दमकमा होटल अन्नपूर्णको सेवा प्रारम्भ

दमक/ पुर्वको ब्यापारीक सहरको रुपमा परिचित दमकमा होटल अन्नपुर्ण एण्ड गेष्ट हाउसको उद्घाटन भएको छ । होटल ब्यावसायी संघ माइपश्चिम क्षेत्रिय समितिका अध्यक्ष राजन दंगाल र दमक उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमिति सदश्य असिम राइले संयक्तरुपमा सो होटल एण्ड लजको उद्घाटन गरेका हुन । यो संगै होटल अन्नपुर्ण एण्ड लजले विधिवतरुपमा आजबाट आफ्नो सेवा प्रारम्भ गरेको छ ।


बिगत ७ वर्षदेखी होटल व्यवसायको क्षेत्रमा सक्रिय रहेका युवा व्यवसायी दिपक फुयाँलले होटल अन्नपुर्ण संचालनमा ल्याएका हुन । ग्राहकहरुको माग अनुसार फरक प्रकारले
सेवा र सुविधा दिने उदेश्य सहित होटल अन्नपूर्ण एण्ड गेष्ट हाउस सञ्चालनमा ल्याइएको संचालक दिपक फुयांलले जानकारी दिए । झण्डै ७० लाखको लगानिमा संचालनमा ल्याइएको यस होटलमा पारीवारीक वातावरणका साथै एसी , डिलक्स सहितका आरामदायी र सुविधा सम्पन्न रुमहरु र फिस म : म , हाँसको स्पेसल मासू तथा परिकारहरु लोकल कुखुराको मासु तथा परकिार चिकेन विर्यानि सहित ४० भन्दा धेरै प्रकारका परकिारहरु रहेको संचालक फुंयालले वताए ।
यसअघि दमकमा स्ट्रार होटल, मःम हाउस, वाराही होटल एण्ड लज सञ्चालन गरिसकेका फुयाँल होटल व्यवसायी संघ माईपश्चिम क्षेत्रीय समिति दमकका कार्यसमिति सदस्य हुन् ।
दमक–५ मंगलदीप मार्केटदेखी उत्तरतर्फ रहेको होटल अन्नपूर्ण एण्ड गेष्ट हाउसमा १८ वटा सुविधासम्पन्न रुमहरु रहेका छन । बर्थ डे तथा पाटीका लागी मिनी मिटिङ हलको समेत ब्यवस्था रहेको यस अन्नपुर्ण होटल तथा गेष्ट हाउसमा नेपाली, इन्डियन, चाइनिज खानाका स्वादहरु उपलब्ध हुनुका साथै भेज तथा नन् भेजका खाना तथा खाजाका आइटमहरुका अलावा चीसो तथा तातो पेय पदार्थहरु, चीया तथा कफि पाइने संचालक फुयाँलले जानकारी दिए ।