जसपा राजनीतिक समितिको बैठक आज, सरकारमा सहभागिताबारे निर्णय गर्ने

मंगलबारसम्म चल्ने बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम र सरकारमा सहभागिताबारे निर्णय गर्ने भएको छ । जसपाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा जाने वा नजाने विषयमा कुनै निर्णय गरिसकेको छैन ।


कार्यकारिणी समितिको बैठकले यो विषय टुंगो लगाउने जिम्मा राजनीतिक समितिलाई दिएको थियो । त्यसबाहेक चुनावको समीक्षा, विधान अधिवेशन र दलहरूसँग एकताका लागि वार्ता समिति गठन लगायतका एजेन्डा पनि छन् ।
Facebook Comments Box