पुस १८,  / बेलका नगरपालिकाका–७ का मेसन राईले आफ्नी एक वर्षीया मुटु रोगी छोरी अपेक्षालाई बचाइदिन आग्रह गरेका छन्। छोरीको उपचार गर्ने रकम अभाव भएपछि उनले आर्थिक सहयोगका लागि अपिल गरेका हुन्। अपेक्षाको मुटुको भल्बमा समस्या भएकाले केही महिनादेखि काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदय रोग निवारण केन्द्रमा उपचारत रहेको परिवारले जनाएको छ। ‘छोरीको मुटुको भल्ब बन्द भएकाले अप्रेसन गर्नुपर्छ भनेका छन्,’ मेसनले भने, ‘अप्रेसन गर्न आर्थिक अभाव छ। आर्थिक सहयोग गरिदिनुहोस।’ डाक्टरले अप्रेसन गर्न छदेखि सात लाख रुपैयाँ लाग्ने भनेकाले छोरी बचाउन राईले सहयोगको याचना गरेका हुन्। बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापा स्वस्तीले पनि फेसबुकमार्फत बालिकाको उपचारमा सहयोग गर्न आग्रह गरेका छन्। उनले लेखेका छन्, ‘बेलका–७ मैनामैनिकी एक वर्षीय अपेक्षा राईको मुटुको अप्रेसन गर्न, आर्थिक सहयोग गरिदिनहुन विनम्र अनुरोध गर्दछु।’ बिरामीबारे जानकारी दिन र सहयोगका लागि इच्छुक महानुभावहरुले प्रमुख थापको मोबाइल नम्बर ९८५२८३५३८३ र ९८०४७००३९५ सम्पर्क गर्न सकिने जनाइएको छ ।

Facebook Comments Box