पत्रकार महासंघ प्रदेशको निर्वाचन : २१ पदमा ५६ जनाको उम्मेदवारी

विराटनगर , चैत २५ गते हुने नेपाल पत्रकार महासंघको प्रदेश १ को निर्वाचनमा २१ पदका लागि ५६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुुसार बिहीबार भएको उम्मेदवारी दर्ता कार्यक्रममा अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा मोहन काजी, लिलाबल्लभ घिमिरे र सोमनाथ सुसेलीले बिहीबार उम्मेदवारी दर्ता गराएका हुन् ।
अध्यक्षमा प्रेस युनियन र प्रेस सेन्टरको गठनबन्धनबाट युनियनका घिमिरेले उम्मेदवारी दिएका हुन् । खुल्ला उपाध्यक्ष पदमा तीन जनाको उम्मेदवारी छ । खुल्ला उपाध्यक्षमा अर्जुन जम्मेली, रोहित कुमा राइ र लवदेव ढुंगाना उम्मेदवारी दर्ता गराएका छन् । यस्तै महिला उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । कोकिला ढकाल र हिमाकुमारी चेम्जोङले महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी छिन् । महासचिवमा चार जनाको उम्मेदवारी छ । महासचिबवमा बिवेक गौतम, फिफराज बेघा लिम्बु, बन्धु पोखरेल र श्रीशिशा राई (श्रीप्रसाद) ले उम्मेदवारी दर्ता गराएका छन् ।
खुल्लातर्फ सचिबमा कौशल निरौला, देवेन्द्र कार्की र भक्तशेर लिम्बु छन् । यस्तै समावेशी सचिबमा सन्तवीर लामा र सन्तोष यादवको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा गणेश साम्पाङ, विमल लामिछाने ‘बुद्धि’ र सन्तोष रुचालले उम्मेदवारी दिए । पाँच जना खुल्ला सदस्यको पदमा १४ जनाको उम्मेदवारी परेको छ । खुल्ला सदस्यहरूमा कमल रिमाल, केशर बहादुर चौहान, केशव भट्टराई, गोपाल प्रसाद पोखरेल, टिकाराम उप्रेती, तेजेन्द्र भण्डारी, तोयानाथ भट्टराई, ध्रुव भट्टराई, मिनराज (प्रवास) उप्रेती, युवराज विवश, लिलाराज झापाली, सत्यनारायण शर्मा, सुमन गुरागाँई र सुरेन्द्र भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । तीन जना महिला सदस्यको पदमा ७ जनाको उम्मेदवारी परेको छ । देविका चाम्लिङ राई, विनादेवी तामाङ, विनु तिम्सिना, माला पालुङ, शुभद्रा प्याकुरेल, सुमित्रा कोइराला र सुशीला पाठकले महिला सदस्यमा उम्मेदवारी दर्ता गराए ।
दलित सदस्यमा पिबी दियाली र रणध्वज लोहारले उम्मेदवारी दिएका छन् । आदिवासी जनजाति सदस्यमा उपेन्द्र चाम्लिङ, दिलकुमार लावती,विष्णु सुब्बा र यमन कुमार दनुवारले उम्मेदवारी परेको छ । दुई जना मधेशी सदस्यको पदमा पाँच जनाले उम्मेदवारी छ । मधेशी सदस्यहरुमा चन्दनकुमार रौनियार, प्रमोदकुमार यादव, फुलचन्द मेहता, ब्रम्हदेव यादव र सुर्यनारायण यादवले उम्मेदवारी दर्ता गराएका छन् । अल्पसंख्यक सदस्यमा तावील अन्सारी, लिलाबहादुर सुनुवार र विजय धिमालले उम्मेदवारी दिएका छन् । महिला उपाध्यक्ष र समावेशी सचिव बाहेक सबै पदमा संयुक्त प्यानलकै सदस्यहरूबाट बागिको रूपमा उम्मेदवारी दर्ता भएको बताइएको छ ।
निर्वाचन समितिका अनुसार उम्मेदवारको प्रकाशित नामावली उपर दावी विरोधको समय चैत २० गते दिउँसो १ बजेसम्मका लागि तोकिएको छ ।

शुक्रबार, २० चैत, २०७७, बिहानको ०९:१९ बजे

सम्बन्धित खवर