६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा पामे बजारको सरसफाइ

पोखरा, पामे बचत तथा ऋण सहकारी संस्थाले ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा पामे बजारको सरसफाइ गरेको छ । सहकारीले पामे बजार, फेवातालमा पानी आउने खोलाहरुमा सरसफाई गरेको संस्थाका व्यवस्थापक सूर्यमोहन पराजुलीले जानकारी दिए ।

पञ्चासे यात्राको प्रस्थान विन्दु बनेको पामेलाई विभिन्न संघसंस्थाहरु सँग समन्वय गरेर सरसफाई लगायत विविध कार्यक्रमहरुलाई निरन्तरता दिने व्यवस्थापक पराजुलीको भनाई थियो ।

आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि लोकल माछा र दृश्यावलोकनको आकर्षक गन्तव्य पामेमा पछिल्लो समय झनै आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दै गईरहेको छ ।

सरसफाई कार्यक्रममा फेवा आमा समुह पामे, सिर्जनशिल आमा समुह पामे, गैरी गाउँ, फेवा क्लब पामे र प्रहरी चौकीको सहभागिता रहेको थियो ।

शुक्रबार, २० चैत, २०७७, दिउँसोको ०१:३७ बजे

सम्बन्धित खवर