चैत १८, २०७५ काठमाडौं /  गृह मन्त्रालयले बारा र पर्सामा हावाहुन्डरीको कारण २७ जनाको ज्यान गएको र ६६८ जना घाइते भएको जनाएको छ। आइतबारको हावाहुन्डरीपछि घटेको घटनाको विषयमा मन्त्रालयले सोमबार साँझ विज्ञप्ति जारीमार्फत यस्तो जानकारी गराएको हो। गृह मन्त्रालयले घाइतेमध्ये २८४ जना सामान्य उपचारपछि घर फर्किएको र ३९४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाएको छ। घाइतेको उपचार निःशुल्क भइरहेको जानकारी गृहले गराएको छ। त्यस्तै, अस्थायी आवासका लागि ४६८ टेन्ट र त्रिपाल पीडितरहरूकहाँ पुर्‍याइएको गृहले जनाइएको छ। प्रभावित क्षेत्रमा चार हजार ३८ सर्ट, पाइन्ट तथा लत्ताकपडा, दुई रोल कपडा पुर्‍याइसकिएको गृहको विज्ञप्तिमा उल्लेख गरिएको छ।

Facebook Comments Box