दिपेन्द्र भुसाल

 

भूमण्डलीकरणको आजको दुनियामा निकै ठुलो परिवर्तन आएपनि नेपाली समाजको बनावट र स्वरूप सामन्तवादी उत्पादन प्रणालीमा आधारित पितृसत्तात्मक हो। शक्तिको तावेदारी सामन्तवादको असली विशेषता हो। तोरी र कोदोको असली पहिचान सामन्तावादमा हुन् सक्दैन। जोसँग स्रोत साधन, शक्ति छ त्यो नै समाजको मुखिया वा जिम्मवाल कहलिन्छ। क्षमता, खुबी, सिपकला, गतिशिलता, जोस जाँगरले सामन्तवादमा काम पाउन सक्दैन। चाकरी चाप्लुसी, ज्यु हजुरनै मान्छेको असली पहिचान बन्दछ।


लेखक

निश्चय पनि नेपालमा २०४७ सालको आन्दोलनपछी समाजले नयाँ मोड लिएको कहावत पनि छ। तर घटना, परिवेश र परिणामहरुले त्यस्ता भनाईको पुष्टि गर्दैन। २०५२ सालपछी माओवादीहरुले सशस्त्र आन्दोलन मार्फत सामन्तवादको अन्त्य र नयाँ जनवादी साशन व्यवस्थाको स्थापना गर्ने उदघोष गर्दै युद्धको शुरुवात गरे। अन्ततः उक्त युद्ध पनि २०६२र६३ को आन्दोलन हुँदै १२ बुँदे दिल्ली सम्झौतामा टुङ्गियो। रुप पक्षमा हेर्दा उक्त आन्दोलनले राजतन्त्रको अन्त्य गर्दै संघियता र गणतन्त्रको स्थापना गर्यो। तर सारमा सामान्तवादको हस्को समाप्त भएको देखिएन।

२०५२ सालदेखि नेपालमा चलेको सशस्त्र आन्दोलन र त्यसपछीको शान्तिप्रकृयाको एउटा असली आर्किटेक्ट वावुराम भट्टराई हुन। जनयुद्धकाल देखि शान्तिवार्ताकाल हुँदै दोस्रो संविधानसभाको चुनावसम्म माओवादीको वरिष्ठ नेताको हैसियतमा रहेका भट्टराई पछिल्लो चरण नेपालमा बैकल्पिक शक्तिको अपरिहार्यता रहेको भन्दै माओवादी आन्दोलनलाई छोडेर नयाँ पार्टीको गठन गरेका थिए। गठन भएको छोटो समयमा नै राष्ट्रिय अन्तर्रा्ष्ट्रिय आकार ग्रहण गरेर निकै ठुलो चर्चा परिचर्चा बटुलेको नयाँ शक्तिले गत वर्ष सम्पन्न तिन चरणको चुनावमा अपेक्षाकृत् मत प्राप्तगर्न सकेन। देशकातिन ठुला दल मध्यमा आफ्नो स्थान बनाउँछ भन्ने प्रारम्भिक मान्यता विपरित मधेश केन्द्रित दल र नयाँ गठन गरिएका दलको भन्दा कम मत परिणाम प्राप्त भएपछी यसका बारे निकै अड्कलबाजी भएका छन्।

आर्थिक विकास र स्थायित्वको वहस चल्दा सिंगापुरका लि क्वान यु र मलेसियाका मोहमद महाथिरको नाम बारम्बार चर्चामा आइरहन्छ। तेस्रो विश्वबाट पहिलो विश्वमा रुपान्तरणको नेतृत्व सिंगापुरमा यु र मलेसियामा महाथिरले गरेका थिए। यु वेलायतको चर्चित कलेज लन्डन स्कुल अफ इकोनोमिक्सबाट अध्यन सम्पन्न गरेर सिंगापुर फर्केपछी आन्दोलनमा होमिएका थिए। वामपन्थी लयर, कम्युनिष्ट समर्थक हुँदै १९५४ मा उनको नेतृत्वमा पिपल्स एक्सन पार्टी गठन भएको थियो। आजसम्म सत्तासिन उक्त पार्टीले सिंगापुरको कायापलट गरेको थियो।

“भट्टराई माओवादी आन्दोलनबाट बाहिरीएपछी आज माओवादी आफ्नो असली पहिचान दिन नसकी एमालेमा विलय भएको छ। सैद्धान्तिक, वैचारिक, दार्श्निक वहसहरुको अन्त्य र नेता कार्यकर्ताहरु भुत्ते कमिशनखोरमा रुपान्तरण भएका छन।”

वावुराम भट्टराईको जीवनलाई सरसर्ती अध्ययन गर्ने हो भने क्वानको जीवनी सँग मेलखाएको देखिन्छ। कट्टर वामपन्थी आन्दोलनको वाटो हुँदै शान्ति र समृद्धिको बाटोमा नेपालला हिंडाउन उनले खेलेको भूमिका प्रशंशनिय मात्र होइन अतुलनीय रहेको छ। उछ अध्ययन, विशाल वौद्धिक क्षमता, ठुलो इच्छाशक्ति उनका महत्वपुर्ण गुणहरु हुन्। माओवादी आन्दोलनले उठाएका राजनैतिक, वैचारिक मुद्धाहरु प्राय सवै भट्टराईको चिन्तनका उपज थिए। भट्टराई माओवादी आन्दोलनबाट बाहिरीएपछी आज माओवादी आफ्नो असली पहिचान दिन नसकी एमालेमा विलय भएको छ। सैद्धान्तिक, वैचारिक, दार्श्निक वहसहरुको अन्त्य र नेता कार्यकर्ताहरु भुत्ते कमिशनखोरमा रुपान्तरण भएका छन।

२०६४ मा सम्पन्न पहिलो संविधान सभाको निर्वाचनपछी गठित प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्री रहँदा भट्टराईले उल्लेख्य कामहरु गरेका थिए। नौ महिना कायम रहेको सरकारमा नेपाली अर्थतन्त्रको कायापलट गर्ने र नयाँ ढंगले बजेटको तर्जुमा गर्ने प्रचलनको शुरुवात भट्टराईले नै गरेका थिए। विश्वले शंकाको दृष्टिकोणबाट नियालिरहेको अवस्थामा कुशलतापूर्वक उनले नेपाली अर्थतन्त्रको लामो समय देखिको दुश्चक्रलाई तोड्दै सवैभन्दा धेरै राजस्व संकलन गर्न सफल भए। त्यहीकारण आम नेपालीहरु भट्टाराईलाई फेरी एक पटक देशको स्थायी सरकारको ५ वर्षेकार्यकालको अर्थमन्त्री देख्न चाहन्थे। राजनीतिक अर्थशास्त्र, दर्शन, मार्क्सवादी अर्थातन्त्र, र पुँजीवादको गहिरो ज्ञान भाको कारण सवैको पक्षको सन्तुलनकारी भूमिकाबारे उनको गहिरो अध्ययनले नेपाली अर्थतन्त्रको रफ्तार नयाँ दिशामा बढन सक्थ्यो।

डा. भट्टराईलाई दुई पटक छोटो समयका लागि सरकारमा काम गर्ने अवसर प्राप्त भयो। प्रथम पटक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा अर्थमन्त्री र देश्रो पटक आफ्नै नेतृत्वको गठवन्धन सरकार प्रमुख हैसियतमा। अर्थमन्त्रीको रुपमा उनले प्रस्तुत गरेको २०६५(६६ को वार्षिक नीति, कार्यक्रम र वजेट तथा प्रधानमन्त्रीको रुपमा शान्ति, संविधान, सुशासन र सम्वृद्धिलाई मुख्य लक्ष्य बनाई गरेका महत्वपुर्ण कामहरुले डा. भट्टराईलाई केही गर्न खोज्ने र केही गर्न सक्ने व्यक्तिको रुपमा स्थापित गरेको थियो।

डा. भट्टराई अर्थ तथा प्रधानमन्त्री हुँदा गरेका केहि उल्लेखनीय कार्यहरुस्

सेना समायोजन
शहिद र वेपत्ता परिवारलाई राहत
साना तथा मझौला स्तरको कृषि ऋण मिनाहा
उल्लेखनीय राजस्व संकलन
युवा तथा साना उद्यमी स्वरोजगार कार्यक्रम
रोजगारी ग्यारेन्टी विधेयक
गरीबी परिचय पत्र
सुकुम्वासीलाई आवास व्यवस्था
स्थानीय निकायको अनुदानमा बृद्धि, सामाजिक सुरक्षा कार्यक्रममा विस्तार
भारतसँग लगानी प्रवर्द्धनका लागि बिप्पा सम्झौता
सहकारी अभियान
वैज्ञानिक भूमिसुधार कार्यक्रम
लगानी वोर्डको गठन
सडक विस्तार र शहरी विकास
कर्णाली विकास आयोग र सुदुर(पश्चिम विकास आयोगको गठन
राष्ट्रिय गौरवका योजना छनौट र निर्माण
सन्तुलित परराष्ट्र नीति (खष्दचबलत दचष्मनभ को अवधारणा)
नयाँ नेपाल निर्माण कोषको स्थापना र राष्ट्रिय स्वयंसेवाको थालनी
परम्परागत कृषिको आधुनिकीकरण गर्न र व्यवसायिक कृषिको प्रवर्धन
पर्यटनलाई राष्ट्रिय प्राथमिकता प्राप्त उधोग घोषणा
बुढी गण्डकी विकास समिति र नलसिङगाड विकास समिति गठन,
खेलाडीहरुलाई प्रोत्साहित गर्न ओलम्पिक खेलकुदमा कास्य पदक देखि स्वर्ण पदक जित्ने खेलाडीहरुलाई रु. २० लाखदेखि रु. १ करोडसम्म, एशियाली खेलकुदमा रु. ३ लाखदेखि रु. २५ लाखसम्म र दक्षिण एशियाली खेलकुदमा रु. १ लाखदेखि रु. ५ लाखसम्म नगद पुरस्कारको व्यवस्था ।
लगायत खुला विश्वविद्यालय स्थापना गर्न खुला विश्वविद्यालय पूर्वाधार विकास समिति गठन, दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन तथा गठन, राष्ट्रिय मुस्लिम आयोगको गठन, देशमा विज्ञान र प्रविधिको विकासलाई अभिवृद्धि गर्न प्रत्येक वर्ष असोज १ गतेलाई राष्ट्रिय विज्ञान दिवस मनाउने निर्णय जस्ता महत्वपुर्ण निर्णयहरु भट्टराईको कार्यकालमा गरिएका महत्वपुर्ण कार्यहरु थिए।

प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपश्चात गठित ओली सरकारको नीति तथा कार्यक्रम र बजेट समेत प्रस्तुत भइसकेको छ। पाँच वर्षको स्थिर सरकारको उपमा पाइसकेको अहिलेको नीति कार्यक्रम र बजेटको ढाँचा हेर्दा यसले विकासको उडान भर्न सक्ने देखिदैन। विज्ञ अर्थमन्त्री भएपनि उनले तय गरेकको बजेट मुलधारको अर्थशाश्त्रलाई पकडेर आएको देखिन्छ। विश्व बैंक, अन्तर्रा्ष्ट्रिय मुद्रा कोष तथा दातृ राष्ट्रको सुझाव र नियमको अधिनमा ल्याएको बजेटले नेपालको विकास र समृद्धिको वाटो खुल्न सक्दैन।

अर्थमन्त्री डा. युवराज खतिवडाले पेशा गरेको वजेटको ढाँचा र कार्यक्रमले उनको वौद्धिक क्षमता र राजनीतिक अर्थशास्त्रको वुझाईप्रति गम्भीर शंका समेत सृजना गरिएको थियो। यस्तो अवस्थामा कम्तिमा पाँच वर्षको स्थायित्व सहित अर्थ वा प्रधानमन्त्रीमा वावुराम भट्टराई भएको भए देशले विकासको काँचुली फेर्ने कुरामा कुनै शंका थियो होला र ? यस्ता बहुप्रतिभाशाली, दूरदर्शी मान्छेलाई किनारामा पारेर देश समृद्ध हुन्छ ? के यो देशलाई वावुराम जस्ता मान्छेको खाँचो नभएकै हो त ?

Facebook Comments Box