मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

काठमाडौ । लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन ।

प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष राजीनामा दिएको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ।

मुख्यमन्त्रीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। उनीविरुद्धको अविश्वास प्रस्ताव आज प्रदेश सभामा पेस हुन लागेको छ।

आइतबार, १९ बैशाख, २०७८, बिहानको १०:२४ बजे

सम्बन्धित खवर