मुख्यमन्त्री पोख्रेलको विरुद्धमा उभिए ४३ सांसद : प्रदेश प्रमुखलाई सफद खुवाउन समस्या

बैकल्पिक खवर

बुटवल / मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध ४३ जना सांसद पुगेका छन् । ४१ जना सांसद भए बहुमत पुग्ने अवस्थामा विपक्षी गठबन्धनसँग ४३ सांसद पुगेको हो ।

माओवादी केन्द्रकी सांसद दामा शर्माले दिएको जानकारीअनुसार अहिले त्यही विषयमा छलफल गर्न प्रदेश प्रमुख धर्मनाथ यादवसँग छलफल भइरहेको छ ।

विपक्षी गठबन्धनमा बहुमत संख्या भएपछि मुख्यमन्त्री पोखरेललाई कसरी शपथ खुवाउने भन्नेमा समस्या देखिएको छ ।सञ्चारकर्मीहरु संग सम्क्षिप्त कुरा गर्दै शर्माले भनिन्, ‘बहुमत एकातिर हुदाँहुदै अर्को व्यक्तिलाई कसरी प्रदेश प्रमुखले शपथ खुवाउनु हुँदोरहेछ हामी पनि हेर्छौं।

आइतबार, १९ बैशाख, २०७८, दिउँसोको ०४:४४ बजे

सम्बन्धित खवर