सरकारले सहयोग गरे कोभिडको उपचार सुरु गर्छौं : लाईफ लाइन अस्पताल

बैकल्पिक खवर

दमक/ झापाको दमकमा रहेको लाइफलाइन अस्पतालले कोभिडको बिरामीलाई उपचार गराउन ईच्छुक रहेको जनाएको छ । सरकारले आवश्यक सहयोग गरेमा हामी सरकारी अस्पताल तथा स्थानीय सरकारसंग समन्वय गरेर यहाँका विरामीहरुलाई सेवा दिन तत्पर रहेका छौ, अस्पतालका मेडिकल डाइरेक्टर सुर्यनारायण शाहले भने ।

अस्थाई कोभिड उपचार केन्द्रको रुपमा नै सेवा दिने अस्पतालले जनाएको छ ।दमकका अन्य अस्पतालहरुले पनि चासो देखाउदै आएको बताईएको छ । नगरपालिका तथा सरकारले पनि नीजि अस्पतालहरुलाई ३ देखि ५ वटा बेड कोरोना संक्रमितको लागि आवश्यक परेको अवस्थामा उपचारका लागि राख्न निर्देशन दिईसकेकोछ ।

लाइफ लाइन अस्पताल दमककै सुबिधा सम्पन्न र ठुलो नीजि अस्पताल हो । यसभन्दा अघि विराटनगरको नोवेल अस्पतालले बेग्लै कोभिड उपचार केन्द्र शुरु गरिसकेको छ । यसमा केन्द्र सरकारको सहयोग रहेको छ ।

आइतबार, १९ बैशाख, २०७८, साँझको ०५:४५ बजे

सम्बन्धित खवर