दमकको कोभिड उपचारकेन्द्र पुनसञ्चालनमा : पहिलो दिन ४ संक्रमीत भर्ना

बैकल्पिक खवर

दमक / झापाको दमक २ स्थित बेलडाँगीमा आइतबार देखि पुनः सञ्चालनमा आएको कोभिड अस्पतालमा चार जना संक्रमित उपचारका लागी भएका छन ।दमक अस्पताल मातहतमा रहेको सो उपचार केन्द्र यस अघि पहिलो चरणको कोरोना संक्रमण कालमा स्थापना गरिएपनि कोरोना महामारी कम हुदै गएपछि उपचार सेवा बन्द भएको थियो।

चुस्त व्यवस्थापनसहित सो उपचार केन्द्र पुन सञ्चालनमा आएपछि आज पहिलो दिननै दिउँसो २ बजे सम्ममा चार जना संक्रमित उपचारका लागि भर्ना भएका दमक अस्पतालकी सूचना अधिकारी देवी दंगालले जानकारी दिइन । उनले यस अघि दमकबाट विराटनगर, धरान लगायतका ठाउँमा उपचारका लागि गएका आर्थिक अवस्था कमजोर भएका विरामीहरु सो उपचार केन्द्रमा निशुल्क उपचारको सेवा लिन आउन थालेका पनि जनाएकी छिन् ।

चार दिन अघि दमक नगरपालिकामा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकमा सो उपचार केन्द्रलाई व्यवस्थित गर्दै पुन सञ्चालनमा ल्याउने निर्णय भएको थियो । दमक नगरपालिकाकी उपप्रमुख तथा कोभिड उपचार केन्द्र व्यवस्थापन समिति संयोजक गीता अधिकारीका अनुसार ४ वटा एचडीयुसहित कूल ३० बेड क्षमताको कोरोना विशेष उपचार केन्द्र पुन सञ्चालनमा ल्याइएको हो ।

आइतबार, १९ बैशाख, २०७८, साँझको ०६:१४ बजे

सम्बन्धित खवर