दमक,असार १७
झापाको कमल गाउँपालीकामा रहेको लायन्स क्लब अफ लखनपुरको नयाँ नेतृत्वको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । लयन्स क्लब अफ लखनपुरका बर्ष २०१८ र २०१९ का अध्यक्ष प्रमोद दाहालले बर्ष २०१९ र २०२० का अध्यक्ष ज्ञाननाथ पौडेल(ज्ञानु)लाई अध्यक्षको पद हस्तान्तरण गर्नु भयो ।
कमल गाउँपालीका कार्यकारी अधिक्रित युवराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब ३२५ ए वानका एरिया को आर्डिनेटर अजय अग्रवाल, रिजन चियर पर्सन रामचन्द्र बराल र लायन्स क्लबका जोन चियर पर्सन धर्मानन्द भट्टराईले जहाँ आवस्यकता त्यहाँ लायन्स भन्ने नारालाई सार्थक पार्न लायन्स क्लब अफ लखनपुर सक्ष भएको भन्दै प्रसंसा गर्नु भयो ।
बर्ष २०१९र२०२० को अध्यक्षको जिम्मेवारी सम्हाल्दै ज्ञानु पौडेलले आफ्नो कार्यकालमा दुर्घटना सम्बन्धि सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्ने, जुत्ता चप्पल नलगाई र जाडोमा स्वेटर नलगाई स्कुल जानुपर्ने बाध्यता भएका स्कुले बालबालीकाहरुलाई जुत्ता चप्पल र स्वेटर वितरण गर्ने साथै पैसाको अभावमा उपचार गराउन नसकेका बिरामीहरुको उपचारमा सहयोग पु¥याउने लगायतका प्रतिबद्धता जनाउनु भयो । उहाँले आप्mनो कार्यकालको नारा ‘उत्कृष्ट बन्ने प्रयत्न गर्ने, वेईमानी नबन्ने प्रण गर्ने’ तय गरिएको र सोही अनुसार लायन्सको सिद्धान्तलाई अनुसरण गर्दै समाज सेवामा तल्लीन रहने प्रतिबद्धता जनाउनु भयो ।

Facebook Comments Box