प्रकाश दाहाल साहसिक सगरमाथा सम्मानबाट ५ जना सम्मानित

काठमाडौं । प्रकाश दाहाल साहसिक सगरमाथा आरोहण सम्मान २०७६ बाट पाँचजना सम्मानित भएक छन्। मंगलबार राष्ट्रिय सभामा भएको कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफ्ना छोरा प्रकाशको नाममा स्थापित उक्त सम्मानबाट पाँचजनालाई सम्मानित गरेका हुन ।


प्रकाश दाहालको ३८ औ जन्मदिनको अवसर पारेर प्रतिष्ठानका तर्फबाट प्रचण्डले उनीहरूलाई सम्मान गरेका हुन् । सम्मानित हुनेमा दक्षिण कोरियाका नागरिक आमहोम गिल सहित , ज्ञानेन्द्रकुमार श्रेष्ठ, माया शेर्पा, आङसार्की शेर्पा र छिरिङ छुन्दो शेर्पा छन्। सो सम्मान कार्यक्रममा प्रकाश पत्नी तथा खानेपानी मन्त्री बिना मगर लगायत नेकपाका नेता तथा कार्यकर्ताहरु उपस्थित रहेको थीयो ।
Facebook Comments Box