विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले छठमा ब्रत बसेर साष्टाङ दण्डवत प्रणाम गर्दै (दुरी नापेर घस्रिँदै) छठ पुजा गर्ने स्थल(घाट) सम्म पुग्ने यात्रालाई यो वर्ष पनि निरन्तरता दिएका छन । महानगरवासीको शान्तिसुरक्षा र संवृद्धिका लागि भन्दै प्रमुख पराजुलीले छठमा ब्रत बसी साष्टाङ्ग दण्डवत यात्रालाई निरन्तरता दिएका हुन ।

प्रमुख पराजुलीलाई यो वर्ष उनकी पत्नी रंजिता पराजुली र भतिज प्रमेस पराजुलीले घस्रिन साथ दिएका छन । शनिबार बिहान साढे १० बजे विराटनगर ३ ठूलो मिल चौकमा रहेको शिव पञ्चायन मन्दिरबाट प्रमुख पराजुलीले दण्डवत प्रणाम यात्रामा निस्किएका हुन् । करिब अढाई किलोमिटरको दुरीमा रहेको सिँघिया खोलाको पुजास्थल (घाट) सम्म उनले आफ्नो शरिरको दुरी नापेर दण्डवत यात्रा करिब चार घण्टामा पुरा गरेका छन ।

धार्मिक आस्थामा कट्टर प्रमुख पराजुली हरेक वर्ष झै यसपाली पनि छठ पर्वका लागि चार दिन अघिदेखी नै चोखो निधो भएर ब्रत बसेका थिए । शाष्टाङग दण्डवत यात्रापछि आज साँझ अस्ताउदो र आइतबार बिहान उदाउँदा सुर्यलाई अर्घ दिएपछि आफ्नो ब्रत पुरा हुने मेयर पराजुलीले जानकारी दिए ।

धार्मिक परिवारमा हुर्केका पराजुलीले २५ वर्षको बिद्यार्थी उमेरदेखि नै कठिन ब्रत बसेर साष्टङग दण्डवत गर्दै पुजा स्थल पुगेर छठ पुजा गर्ने गरेका थिए । आफुले १६ वर्षदेखि गर्दै आएको कार्यलाई गतसाल झै यसपाली पनि निरन्तरता दिएको उनले बताए । ‘पहिले म आफु र परिवारको रक्षाका लागि कठिन कार्य गरेर छठ पुजा गर्थे तर तीन वर्षदेखि महानगरवासीको सुरक्षा र संवृद्धिका लागि गर्न थालेको छु सकुन्जेल निरन्तरता दिन्छु उनले भने

मेयर पराजुली हिन्दु धर्ममा अगाध बिश्वास गर्ने धार्मिक व्यक्त्ति हुन । उनी साँझ बिहान नित्य पुजापाठ गर्ने गर्छन । कुनै पनि महत्वपुर्ण काम गर्दा पुरोहितसँग साइत हेराएर मात्र गर्ने उनको बानी रहेको उनलाइ नजिकबाट जान्नेहरु बताउछन ।

Facebook Comments Box