मेयर फगो ,न आफु एक रुपैयाँ घुस खान्छन न अरुलाइ खान दिन्छन, तर बिपक्षीले जहिल्यै दुख दिरहन्छ्न

अहिले देशैभरीका स्थानिय निकायहरु मध्ये बहुमत ठांउहरुमा प्रमुखसहित नेकपाले जितेको छ । नेकपाले नजितेका ठाँउहरुमा केही बाहेक उपप्रमुख सहित वडाको नेतृत्व र कार्यपालिकामा नेकपाकै बहुमत रहेको छ । जहाका स्थानिय निकायमा नेकपा बाहेकका दलहरुले जितेका छन त्यंहाको कार्यसम्पादन तुलनात्मकरुपमा नेकपाको भनदा पारदर्शी र छरीतो त देखीएको छ । संगसंगै त्यस्ता ठांउहरुमा नगरप्रमुखलाइ दैनिककार्य सम्पादन गर्न बहुमत बिपक्षीहरुको असहयोगका र घेराबबनदीका कारण फलामको चिउरा चपाउनु सरह भएको छ । अर्कोतर्फ त्यस्ता स्थायिहरुमा पहिले सर्वदलीय संयन्त्रले काम गरेका बेला कार्यकारी अधिकृत भई बाक्लो तर खान पल्केका कर्मचारीहरू यतिबेला प्रशासकीय अधिकृतको रुपमा काम गर्न भन्दा मेयरसँग पङ्गा लिनमा ब्यस्त देखिन्छन ।


त्यसैको एउटा उदाहरण हो मोरङको उर्लाबारी नगरपालिका , उक्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले कार्यकारी बनेर काम गर्न खोज्दा मेयर फागो रेग्मीका सर्तमा सहमत भएनन् ।त्यपछि रेग्मीले हर्कत देखाएरै छोडे । स्थानीय नेकपाका केही नेता र उप मेयर लक्ष्मीदेवी भण्डारीको बुई चढेर उनले मेयरसँग जोरी खोजे । तर, हठी स्वाभावका मेयर फागोले रेग्मीलाई टेरेनन । त्यसपछि उपमेयर भण्डारी र केही नेकपाका नेताको आडमा उनले बिराटनगर पुगेर पत्रकार सम्मेलनको आयोजना गरे ।
पत्रकार सम्मेलनमा उनले आफ्ना एजेण्डा राखेनन । उनले मेयरले आफू माथि आक्रमण प्रयास गरेको र दुब्र्यबहार गरेको बताए । मेयरले तपाई माथि किन आक्रमण प्रयास गरे भन्ने पत्रकारको जिज्ञासामा रेग्मीले प्रस्ट जबाफ दिन भने सकेन्न ।
आफ्नो सुविधा र क्षेत्राधिकार नाघ्दा रेग्मी उर्लाबारीका जनताबाट अपहेलित बन्न पुगे । जनताबाट अपहेलित भएपछि रेग्मी मेयर खड्ग फागो विरुद्ध विभिन्न आरोप प्रत्यारोपमा उत्रिए । भर्खरै उपमेयरको मुद्दा मामिलाबाट सङ्लिदै गएको नगरपालिकामा अधिकृत रेग्मीको हठले नगर भित्रका शिक्षकहरूले दशैंको मुखमा तलब पाउन नसक्ने अवस्था आयो अदालतले तलव नरोक्न आदेश त दियो तर तलव दिने प्रमुख ब्यक्ति नगर प्रमुखसँग बिबाद गरी अन्यत्र गएपछि शिक्षकहरू दशैंको मुखमा बेखर्ची हुने अबस्था सृजना भयो । रेग्मी जहाँ जहाँ पुग्छन त्यहाँ बिबाद हुने गरेको विगतको उनको कार्यशैली हेर्दा पनि प्रष्ट हुन्छ ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम रोकियो । तर मेयरको कारण नभइ रेग्मी कै कारण सो समस्या आइपरेको थियो । खासमा समस्या आउनुको चुरो कुरा भने यस्तो थियो । घ्यू खाएको देखि कपाल रङ्गाएको बील सम्म उनले नगरपालिकामा पेश गरेर पैसा असुल्ने हिम्मत बटुले । जुन नगर प्रमुखलाई पाच्य भएन ।
समाचार स्रोत भन्छ – घर जाँदाको खर्च समेत भ्रमण भत्ताबाट दिन उनले मेयरलाई कानेखुसी गरे । मेयरले जनताको मेहनत र करको पैसा दुरुपयोग गर्न दिन्न भनेपछि सुरु भयो मेयर भर्सेस प्रशासकीय अधिकृत बीच भनाभन । उनी त्यति मै रोकिएनन् । कर्मचारीलाई हात लिने प्रयास गरे । कर्मचारीलाई कालोपट्टि बाँध्न आग्रह गरे । तर , कर्मचारीले रेग्मीलाई साथ दिएनन । त्यसपछि रेग्मी बिषयलाई बङ्ग्याएर घटनालाई राजनीतिक रुप दिन सक्रिय भए । शिक्षकहरुलाई तलब दिनुपर्ने दबाब मेयर फागोलाई पर्यो ।
मन्त्रालयबाट तलब दिनुपर्ने अख्तियारी आवश्यक भएपछि उनी काठमाडौं गए । काठमाडौंमा पनि उनलाई असहयोग गर्न खोजियो । न खाना खाने समय मिल्यो । न समस्या समाधानमा सहयोग मिल्यो । भोकै तिर्खै मन्त्रालय पुगे पनि ,ल ल र हुन्छ भन्ने सिंहदरबारको आश्वासनबाट मेयर फागो हैरा नै बने ।
नगरपालिकाको काम नरोकियोस दशैँको मुखमा कशैले दुख नपाउन भनेर आग्रह गर्दा मेयर फागोलाइ बिबिध कारण आलटा गर्न खोजियो ।
३ दिनसम्म मन्त्रालय धाउँदा समेत कुनै काम नभएपछि मेयर फागोल ेदशैँको मुखमा काम रोकिनु हुन्न उर्लावारी नगरपालिकाको काम नगरीदिने हो भने मन्त्रालयमै अनसन बसेर दशैं मनाउछु , भनेर चेतावनि दिए ।
त्यसपछि बल्ल मन्त्रालयका सचिव यादव कोइरालाले उर्लावारी नगरपालिकाका अधिकृत शम्भुप्रसाद भट्टराईलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित आर्थिक गतिविधिका लागि अख्तियारी दिने निर्देशन दिए र नगरभरीका शिक्षक तथा अन्य कर्मचारीहरु दशैंमा बेखर्चि हुनबाट जोगीए ।
जनतको सेवामा निरन्तर लागीरहेका फागो जनतालाइ कसरी छिटो छरीतो सेवा प्रबाह गर्नसक्न्छि भनेर निक्कै चिन्तित हुनेगरेका छन । उनलाई विभिन्न बाहाना असफल बनाउन धेरै तप्पर छन् । जनताको सेवा र राजनीतिमा लागेर दाम भन्दा नि नामको भोको मेयर फागोलाई छिर्के हान्नेहरु आइरहे र आउनेक्रममा रोकिएको छैन । उनी राजनीतिबाट कमाउने हैन गुमाउने नेतामा पर्छन् ।
राजनीतिसँगै करोडौँ कमाएका नेताहरु उर्लावारीमा धेरै छन् । तर फागो यस्ता नेता हुन् जसले राजनीति गर्दा गर्दै करोडौंको सम्पत्ति सिध्याएका छन् । कसैलाई समस्या पर्दा जतिसुकै बेला जुनसुकै अवस्थामा पनि हाजिर हुने मेयर फागो मनका स्पष्ट छन् । उनका पनि केही कमजोरीहरु होलान् तर उनी छलछाम र कपट पटक्कै मनपराउदैनन जो कशैले पनि आफुसंग प्रस्ट कुरा राखोस भन्ने चाहानछन
कसैको एक पैसा पनि नखाने खाएको प्रमाण दिए कारबाही भोग्न तयार रहेको बताउने मेयर खड्ग फागो निडर र हक्की स्वभाबका ब्याक्ति हुन् ।
बिभिन्न योजनामा उनलाइ झुटा मुद्दा लगाएर असफल बनाउने प्रयास पनि नभएको होइन । काम गर्दा बाधा अड्चन आउने बताउँदै उनी भन्छन’ काम गर्दै जाने हो । एक पैसा पनि भ्रष्टचार नगर्ने र जनताको हित चिताउने हो सड्यनत्र गर्नेहरु आफैँ पाखा लाग्छन ।
जनता लाटा छैनन् । कसले के गरेको छ उनीहरुले मूल्यांकन गरिसकेका छन् ।’ उनी सधै जनताकै कामका लागि खटिएका हुन्छन् । बिहान सवेरै देखिको भेटघाट राति १० बजेसम्म हुन्छ । जनताको कामका लागि अहोरात्र खट्ने मेयर फागो घरपरिवारका लागि पनि समय दिन पाइरहेका हुँदैनन् । हरेक समस्यामा आउँदा उनलाई सम्झने उर्लावारीवासीहरु यतिबेला उनि विरुद्ध लगाइएको प्रायोजित आरोप र मुद्दादेखि दुखि खिन्न बनेका छन ।
धन्न मेयर फागो छन् र हामी जनताहरुलाइ्र्र के हुँदैछ कसो हुँदैछ सबै थाहा पाउँछौं, उनले भष्ट्रचार रोक्न खोज्दा उनी माथि नै जालजेल हुने गर्छ, यदि मेयर फागोको ठाउँमा अरु कोहि मेयर भएको भए सबै सक्ने रहेछन ,उनलाई नजिकबाट बुझ्नेहरु यसै भन्छन् ।