१२ लाख ५० हजार पुरस्कार राशी भएको हाम्रो अन्नपुर्ण गोल्डकप प्रतियोगीता आज बाट विर्तामोडको डोमालाल राजबंशी रंगशालामा सुरुभएको छ । आज दिउसो प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीद्धारा सो गोल्डकपको उद्घाटन भएको हो । आगामी २५ गते सम्म संचालन हुने सो प्रतियोगीताको उद्घाटन गर्दै कानुनमन्त्री कार्की खेलक्षेत्रको बिकाशमा प्रदेश सरकार गम्भीर रहेको बताउदै खेलक्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने बताएका थिए । आयोजक समिति सदस्य गौरीमान राईले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष भक्त खवासले गरेका थिए ।

उद्घाटन पछी भएको पहिलो खेलमा आयोजक जायोना स्पोट्र्स क्लबलाइ सिक्कीम आक्रामकले २ का बिरुद्ध ५ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । यो जित संगै सक्किीम आक्रामक क्वाटरफाइनलमा प्रबेश गरेको छ । सो प्रतियोगीताको पहिलो हाप १–० गोलमा टुंगिए पनि दोस्रो हाफमा आयोजकको गोलपोस्टमा गोलवर्षा भएको थियो । जसमा दोस्रो हाफको ६ मिनेटमै थप गोल गरेर सिक्किमका करण राईले उत्कृष्ट प्रदर्शन गर्दै खेललाइ २ गोलले अग्रता दिलाएका थिए । २–० गोलले पछि परेको अवस्थामा आयोजकले खेलको १५औँ मिनेटमा गोल गर्न सफल भयो । आयोजकका तपन कार्कीले उत्कृष्ट गोल गरेर खेलमा फर्किने प्रयास गरेका थिए । खेलमा आयोजकले सिक्किमको गोल पोस्टमा थुप्रै आक्रमण बुने पनि गोलरक्षक मनोज प्रधान विफल तुल्याइदिएका थिए ।यसैबीच, सिक्किमका गणेश लिम्बूले खेलको ३८औँ मिनेटमा थप गोल गरेर ३–१ गोलको फराकिलो नतिजा बनाउन सफल भए । यस्तै, करण राईले खेलको ४०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।४–१ गोलको फराकिलो नतिजामा आयोजकका टंकु लामाले गोल गरेर दूरी कम गर्ने प्रयास गरे पनि जीतका लागि सम्भव भएन । इन्जुरी समयमा सिक्किमका करण राईले थप गोल गर्दै व्यक्तिगत ४ गोल गर्न सफल भए । खेलको म्यान अफ दी म्याच घोषित सिक्किमका करण राईले नगद १० हजार पाए ।
जायोन स्पोर्टस् क्लब झापाले आयोजना गरेको गोल्डकपमा नेपाल र भारतका १० टिम सहभागी छन् । आइतबार झापा ११ एफसीले नेपाल पुलिसको सामनम गर्नेछ ।गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार र उपविजेताले नगद ६ लाख २५ हजार र ट्रफी पाउनेछ । साथै विधागत पुरस्कार विजेता खेलाडीले जनही १५ हजार पाउँने छन भने उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ ।

Facebook Comments Box