पुस १9, २०७५ /

उखुको मूल्य तत्कालै निर्धारण गर्न उखु किसानहरुले सरकारसँग माग गरेका छन ।

बुधबार सर्लाहीको हरिवनमा भएको छलफलमा उखु किसानहरुको संघ संगठनले तत्कालै उखुको मूल्य निर्धारण गरी चिनी मिल संचालन गर्न र गएको वर्षको अनुदान बापतको रकम भुक्तानी गर्न सरकारसँग माग गरेको छ।

उनीहरुले दुई दिनभित्र सरकारले उखुको निर्धारण नगरे पुस २० गतेबाट चरणबद्ध आन्दोलन सुरु गर्ने किसान प्रतिनिधिहरुले चेतावनी दिएका छन् । पुसको दोस्रो हप्ता बितिसक्दा समेत उखुको मूल्य निर्धारण नभएपछि बाध्य भएर आन्दोलन कार्यक्रम तय गर्नु परेको अगुवा किसान कमल बुढाथोकीले बताउनुभयो ।

सरकारले किसानको मागलाई ध्यानमा राखी न्यूनतम उखुको मूल्य प्रति क्विन्टल ५ सय ४५ कायम गर्नु पर्ने किसानको माग छ । सरकारले गएको वर्ष उखुको मूल्य प्रति क्विन्टल ५ सय ३१ रुपैयाँ २० पैसा कायम गरेको थियो । सरकारले किसानलाई अनुदान बापत दिने भनेको ६५ रुपैयाँ २८ पैसा अझै उखु किसानले पाउन सकेका छैनन् ।

समयमा चिनी मिल नचलेपछि किसानको उखु खेतमा सुक्न थालेको छ।

Facebook Comments Box