मधेश प्रदेशको मन्त्रिपरिषद विस्तार

२० माघ, जनकपुरधाम / मधेश प्रदेश सरकारले आज मन्त्रीमण्डल विस्तारको गरेको छ ।


मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत र नेकपा माओवादी केन्द्रलाई ७ मन्त्रालय भागबण्डा गर्ने गरी मन्त्रीमण्डल विस्तारको तयारी गरेका हुन् ।
जसपाबाट मन्त्रीको लागि जसपाबाट सुरिता साह, सिंहासन सिंह कलवार, प्रमोद जयसवालको नाम चर्चामा छ । यस्तै एमालेबाट राजकुमार लेखी, सारदा थापाको नाम चर्चामा छ भने माओवादी केन्द्रबाट भरतप्रसाद साह र सुनिता यादवको नाम अगाडि छ ।
यस्तै जनमतबाट महेश यादवको नाम मन्त्री बन्ने चर्चामा छ । गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका जसपा संसदीय दलको नेता सरोजकुमार यादव २९ गते तीनसदस्य बिनाविभागीय मन्त्री मण्डल गठन गरेका थिए ।
पछि उनले बिना विभागीय मन्त्री जसपाका संजयकुमार यादवलाई अर्थ मन्त्री, नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री र जनमतका वसन्त कुशवाहालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी दिएका थिए ।