विप्लब समुहसँग दोस्रो चरणको वार्ता सकियो, दुबै पक्ष समान धारणा नजिक

काठमाडौं, फागुन १९ गते/ नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले साँझ सम्पन्न भएको छ ।
दोस्रो चरणको वार्ता बिषय केन्द्रीत रहेको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराइले ट्वीटरमार्फत जानकारी गराउनु भएको छ ।
दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको बताइएको छ । यस विषयमा आज विहान पनि वार्ताका विषयमा बिहान पहिलो चरणको वार्ता भएको थियो ।
सरकारले हिजो गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । त्यस्तै नेकपा विप्लव समूहले पनि हिजै वार्ता टोली गठन गरेको थियो ।

बुधबार, १९ फागुन, २०७७, साँझको ०५:३९ बजे

सम्बन्धित खवर