“Please Don’t Divorce ” नामक पुस्तक किन ?

प्रत्येक महिना एउटा या दुईटा किताब बिमोचन हुन्छन् र बेष्ट सेलर बन्छन् मीलीयन मीलीयन किताब बिक्री हुन्छन् । भारतमा पनि त्यस्तै छ तर हामी नेपाली आफ्नो अधुरो ज्ञान लुकाउन डिजिटल भन्छौ । पढ्न चाहादैनौ त्यसैले अल्प ज्ञानम् भयानकम भनिन्छ ,

Divorce भन्ने बिमारीले परीवार, समाज, र देशलाई नै ठुलो चुनौती दिई रहेको छ । जस्लाई मैले २८ बर्ष लगाएर रीसर्च गरेर तयार पारेको छु ताकि कसैको परीवार बिखण्डन न होस भन्ने मेरो कामना हो । यो एउटा किताब मात्र न भएर यो एउटा अभियान नै हो । प्रत्येक घर घर मा पुगोस र यो बिमारी हाम्रो संस्कार मा छैन पनि र रहन दिनुहुन्न पनि भन्ने मलाई लाग्छ ।

      ==============================

झापाको दमक निवासी साहित्यकार रामकुमार उपाध्यायले “Please Don’t Divorce ” नामक पुस्तक सार्वजनिक गर्ने तयारीमा रहनुभएको छ । यसै सन्दर्भमा पुस्तकको विषयमा केन्द्रित रहेर लेखक उपाध्यायसँग गरिएको कुराकानी —

 

साहित्य सृजनामा कसरी प्रवेश गर्नुभयो ? केले प्रेरित गर्यो ?
साहित्य भनेको प्रत्येक ब्याक्ती मा निहीत हुने गर्छ । कोही उजागर गर्न सफल हुन्छ कोही आफै भित्र दमन गरेर मारी रहन्छन् । मेरो सन्धर्भमा, म सात बर्षको हुदाँ गीता, रामायाण, माहाभारत पढिसकेको थिए । मलाई पढ्ने रुची त्यसैबाट उत्पन्न भयो यो मेरो सौभाग्यनै थियो । त्यसपछी पढ्न र लेख्न रुची बढेर गयो । जब मनुष्य सकारात्मक चिन्तन गर्छ , लेख्न थाल्छ या धैरै,धेरै पढ्न थाल्छ अनी लेख्न थाल्छ । जस्तै कुनै भाडाँमा पानी भरिए पछि पोखिन थाल्छ त्यसरीनै धेरै चिन्तन र अध्यायन गरेपछी पानी भरीएझै पोखीन थाल्छ । पोखीनु भनेको नै साहित्य लेख्न हो भन्छु म । म गीताबाटै पे्ररित भएको हु र समाजमा उत्पन्न भएका नयाँ नयाँ समस्या नै मेरा पे्ररणा हुन ।

तपाई कुन लेखकबाट प्रभावित हुनुहुन्छ ? किन ?
धेरै जसो पे्ररणादायक किताब पढ्ने गर्छु त्यसमा पनि गीता र रामायण जतीको पे्रणा त कुन होला र १ मलाई फीलोसोफी धैरै मनपर्छ । म यथार्थ सत्य र बायोग्राफी मन पराँउछु । किनकी कल्पना गरीएका भन्दा सत्य र यथार्थ पढ्दा धैरै ज्ञान पाईन्छ । ज्ञान पाउनुपर्ने सत्यको नजिक हुनु हो । म कबिता पनि धेरै पढ्ने र सुन्ने गर्छु । मैले पनि निकै कबिता लेखेको छु । तर हिन्दीमा धैरै छन् । किनकि मेरो शिक्षा भारतबाट भयो । रबीन्द्र नाथ टेगौर का कबिता सारै मनपर्छ ।

अहिलेसम्म कतिवटा पुस्तक लेखिसक्नु भयो ? कति प्रकाशित छन् ?

मेरो पहिलो किताब गन्दी राजनीति ले आत्माहत्या गर्यो । १९८९ मा मैले दिल्लीमा हुदा लेखेको थिए । मैले आफैले आगो लगाए । म २३ बर्षको थिए । त्यसपछी मेरो प्रकाशीत भएको मेरो खोज तपाईको सफलता लाई नै पहिलो भन्नु पर्छ । अनि अब “Please Don’t Divorce ” बिमोचनको तयारी मा छ । अनी लगतै प्रकाशन हुन तयारीमा रहेको”Campus Life” नेपालीमा र जस्को केहि भाग दमक न.पा. को दमक ज्योतीू भन्ने मा प्रकाशित भई सकेको छ । र “Quest of Positive Thought “ हिन्दीमा छ ।
अरु तयारीमा रहेका किताब यस प्रकार छन् ।
१) छोरीको ब्याथा (नेपाली उपन्यास)
२) महिलाको अधिकार (नेपाली फीलोसफी)
३) कस्ती नारी उनी (नेपाली उपन्यास)
४) सकारात्मक सन्देश (नेपाली बाल कथा)
५) लक्ष्मण रेखा (हीन्दी फीलोसफी)
६) तनाबमुक्त जीबन (हीन्दी फीलोसफी)
७) बुढापा एक कड्वी सच (हीन्दी फिलोसफी)
९) प्रश्न और जीबन (हीन्दी फीलासफी )
१०) शिध्यान्त (हिन्दी फिलोसफी)
यति लेखीसकेका लगातार टाईप हुदैछन् कोही सच्याउदै छन् र Don’t Divorce भन्ने मेरो किताब हीन्दी र बङगालीमा भारतबाट अनुवाद हुदैछ । चाँडै नै भारतीय बजारमा मेरा किताब सर्बत्र उपलब्ध हुनेछन् ।

प्लिज डन्ट डिभोर्स पुस्तकले उठाएका बिषयहरु के के हुन् ?
मेरो यो किताब ले बिशेष गरी दाम्पत्य जीबन लाई लक्षीत गर्छ र परीवारीक सम्बन्ध लाई कसरी ,के के गर्दा, कस्तो सोच्दा, सम्बन्ध बनीरहन्छ भन्ने बिषयलाई नै लक्षीत गरेको छ । यो म्ष्खयचअभ भन्ने एउटा बिमारी मात्र हो, यो मात्र मानसिक बिमारी हो यस्को ईलाज हुन्छ । त्यसैको दबाई हो यो किताब । किन कि हामी सानु भन्दा सानु बस्तुको मर्मत गछौ । जस्तै घडी , रेडियो , कार , गाडी ,घर, हतीयार, सरीर तर हामी कहीलै आफ्नो सोचको, आफ्नो मस्तीस्को, आफ्नो सम्बन्धको मर्मत गरदैनौ र नानाभाती का काम गछौ ।

यो किताबले मर्मतको काम गर्छ । Divorce भन्ने बिमारीले परीवार, समाज, र देशलाई नै ठुलो चुनौती दिई रहेको छ । जस्लाई मैले २८ बर्ष लगाएर रीसर्च गरेर तयार पारेको छु ताकि कसैको परीवार बिखण्डन न होस भन्ने मेरो कामना हो । यो एउटा किताब मात्र न भएर यो एउटा अभियान नै हो । प्रत्येक घर घर मा पुगोस र यो बिमारी हाम्रो संस्कार मा छैन पनि र रहन दिनुहुन्न पनि भन्ने मलाई लाग्छ । किनकी Divorce ले मात्र महिला लाई पीडा दिएको देखीन्छ ।

 

यो पुस्तक पढिसकेपछी आम पाठकले आफुमा के परिवर्तन महसुस गर्न सक्छन् ?
यो पुस्तक राम्रो मन लगाएर पढ्यो भने अदालत सम्म पुगेको Divorceको केश छ भनेपनि मीलेर बस्ने बनाउछ र आफुलाई सकारात्मक सोच्न बाध्य बनाउछ । किनकी मनुष्य जब कुनै नराम्रो कार्य गर्छ भने त्यसको मुख्य कारण नै नकारात्मक सोच द्धारा उत्पन्न हुन्छ । म्ष्खयचअभ पनि नकारात्मक सोचकै परीणाम हो ।

अहिले डिजिटल युगमा मुलुक गएको बेला पाठकले पुस्तक पढ्ने फुर्सद कतिको राख्छन् ?
ह.हा मलाई यो डिजिटल भन्ने बितीकै हाँस उठछ । के हाम्रो नेपाल र नेपाली मात्र डिजीटल युगमा प्रबेश गरेको हो ? अमेरीका ,बेलायत नेपाल भन्दा २५० बर्ष अगाडि भएर चलीरहेको छ । र पनि त्यहाँ प्रत्येक महिना एउटा या दुईटा किताब बिमोचन हुन्छन् र बेष्ट सेलर बन्छन् मीलीयन मीलीयन किताब बिक्री हुन्छन् । भारतमा पनि त्यस्तै छ तर हामी नेपाली आफ्नो अधुरो ज्ञान लुकाउन डिजिटल भन्छौ । पढ्न चाहादैनौ त्यसैले अल्प ज्ञानम् भयानकम म्भनिन्छ । यो जगत रहुन्जेल किताब लेखीन्छन् र पढीन्छन् यहि सत्यहो कस कस्ले के भन्छन् त्यसको तेती महत्व हुदैन । पढ्न मन नगर्ने Divorceलाई अबस्यनै असर गर्छ ।

तपाईलाई यो पुस्तक लेख्न आवश्यक किन पर्यो भन्ने लाग्छ ?
यो बिषयमा चै धेरै लामो अनुभब छ । त्यो सबै बयान गर्न निकै गारो काम हो । यो Divorceभन्ने बिमारी मेरो घर मा त लागेको छैन । तर पनि म बचपन देखी नै भारत को दिल्लीमा बस्थे त्यस बखत मैले धेरै भयानक  Divorceदेखे । कसरी महिला लाई बाध्य बनायर म्ष्खयचअभ गराईदो रहेछ । र महिलाहरु कसरी रुदा रहेछन् । म एक पटक भारत को मध्यप्रदेस भोपाल गएको थीए । त्यहाँ मैले एउटा म्ष्खयचअभ केश देखे त्यसले मलाई रुन बाध्य बनायो । झुठो आरोपमा सात महिना की गर्बवती महिला लाई रक्ताम्बे हुनेगरी कुटेर घरबाट निकाले पुलीस पनि राजनितीको प्रभाव मा परेर रमीते बनेको थीयो । पञ्चायत ले फैसला गरेर साजपख घरबाट निकालीयो । माईतीले पनि मदत गर्ने पाएनन् आखीर मा उनले तीन दिन पछी आत्माहत्या गरीछन् । नदिमा लास भेटीयो । यस्तै अनेकौ Divorceदेखेर मैले यो कीताब लेख्ने योजना बनाए ।

विदेशमा हुनेहरुका लागि ईन्टरनेटमै पढ्ने सुबिधा हुन्छ कि हुदैन ?
यो अलीकती प्राबिधिक बिषय हो । यस्को बारेमा हामी बिचार गरीरहेकाछौ । अबस्यनै त्यसको माग भएमा उपलब्ध गराउनु नै पर्ने हुन्छ ।
लेखन साहित्यमा भिजेकाहरु अलिकति ब्यावसायिक भन्दा पनि आत्मरतिमा रमाउने, मनमनै रमाउने खालका अहिले भईरहेका छन् ।

साहित्यलाई व्यावसायिक रुपमा लानुपर्छ भन्ने कुरामा कतिको सजक हुनुहुन्छ ?
यो बिषयमा मैले बुजे अनुशार नेपाल मा मात्र यस्तो देखीन्छ । आत्मरातिमा रमाउनु उच्चतम अबस्था हो तर आत्मा मात्र रमायोे भने यो हाड, मासु, मल, मुत्रले लबा लब सरीर को के होला ? यदि तपाईको लेख उत्कृष्ट छ भने व्यावसायिक नै गर्नु पर्ने हुन्छ किनकि यदि तपाई लेख प्रतेक ब्याक्तिमा पुग्दैन भने लेखक को के औचीत्य र धेरै भन्दा धेरै ब्याक्तिको हातमा पुर्याउनलाई ब्याबसायिकनै हुनुपर्ने हुन्छ । हामी बिदेसिका कीताब किनेर आफुलाई गौरब ठान्छौ तर यदि नेपाली ले नै उत्कृष्ट किताब लेख्यो र धेरै बिक्री भयो भने यो त बजारु हे भन्छौ ।

हामी पनि रामो्र बिषय लीएर किताब लेखौ बिदेसीले किनीदीउन देस लाई समृध हुन कसेैैले रोक्दैन । हामी खाली मेचि ,माहाँकाली को सीमाना बाँधेर राजनिती का चाहीदा न चाहीदा गफौडे किताब लेख्न रुचाउछौ कसरी हामी बिकसित हुन्छौ । लेखन मानब उत्थानका किताब हरु अन्य नागरीकले पनि पढोस ।
अन्त्यमा म मेरा किताबहरु अन्तराष्ट्रिय सम्म पुर्याउन चाहान्छु र मेरा किताब अन्तराष्ट्रिय क्षमता भएका छन् । मैले कमाउन खोजेको होइन मेरो र मेरो देसको पहिचान बनोस कति हामी मात्र बिदेसी किताब पढ्ने उब बिदेसीले पनि हाम्रो किताब पढ्नुपर्छ भन्ने मेरो कामना हो ।

 

बुधबार, १९ फागुन, २०७७, साँझको ०६:५४ बजे

सम्बन्धित खवर