दमक,१९ फागुन /  दमक बहुमुखी क्याम्पसको सञ्चालक तथा लेखा समिति चयन गरिएको छ ।निर्वाचन कार्यक्रम अन्तर्गत ११ सदस्यीय सञ्चालक समिति र पाँच सदस्यीय लेखा समिति निर्विरोध निर्वाचित भएको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।
सञ्चालक समितिको सदस्यहरुतर्फ पूर्व अध्यक्ष शुरेस सुब्बा,अम्बिका प्रसाद खनाल, देउकुमार नेम्बाङ्ग,ढुण्डिराज भण्डारी,बोधराज घिमीरे,मोहन धिमाल, रिता बस्नेत (श्रेष्ठ ) , बेदनिधि गौतम (वेदु) ,शेरबहादुर भट्टराई, भिम पौडेल र नरहरि दाहाल निर्वाचित भएका छन् । निर्वाचन कार्यक्रम अन्तर्गत अव सदस्यहरुबाट अध्यक्ष चयन हुने छ । अध्यक्षमा कांग्रेस क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी र जिल्ला उपसभापति शेरबहादुर भट्टराईले आकांक्षा देखाएका छन् ।
यसैगरि लेखा समितिको संयोजकमा कुलबहादुर बस्नेत (रवि ) निर्विरोध निर्वाचित भएका छन् । लेखा सदस्यहरुमा येशुराज खाहाल, ओममाया आङ्गदेम्बे, हरिकुमार सुवेदी र कर्मा पुलामी मगर निर्विरोध निर्वाचित भएका छन् ।

Facebook Comments Box