आयोजक साहारा क्लबलाइ पराजित गर्दै नेपाल एपिएफ क्लब सेमिफाइनलमा प्रवेश ।

आज देखि पोखरामा १९औं आहा रारा गोल्डकप सुरु भएको छ । नेपाल एपीएफ क्लब १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार पोखरा रंगशालामा भएको खेलको उद्धघाटनमा आयोजक सहारा क्लब पोखरालाई १–० गोलको अन्तरले पराजित गर्दै नेपाल एपीएफ क्लब अन्तिम चारणमा पुगेको हो ।


एपीएफ क्लबलाई जित दिलाउन आशिष लामा (जर्सी नं २३)ले निर्णायक गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेल दोस्रो हाफ पछि को ४२ औं मिनेटमा आशिषले निर्णायक गोल गरे ।


प्रदिप लामाको पासमा डिबक्स भित्रबाट आशिषले उत्कृष्ट लेफ्ट फुटेट गोल गरेका थिए । सहिद स्मारक ’ए’ डिभिजन लिगका सर्वाधिक गोल कर्ता आशिषको प्रहार सहारा क्लबका गोलकिप्पर दीप कार्कीले रोक्न सकेनन् । त्यसतै नेपाल एपीएफ क्लबका लामाल खेलको “म्यान अफ दि म्याच” समेत चुनिए ।


प्रतियोगिता अन्तर्गत आइतबार मछिन्द्र क्लब र अफ्रिकन रुट एसोसिएसन बीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

शनिबार, २१ चैत, २०७७, साँझको ०६:२९ बजे

सम्बन्धित खवर