मेचिनगरको कोइला फ्याक्ट्रीमा आगलागी

बैकल्पिक खवर

दमक / मेचीनगर १५ मिलकोटीस्थित वायु ग्यास कोइला फ्याक्ट्रीमा आज विहान आगलागी भएको छ ।

आज बिहान ३ बजे कोइला फ्याक्ट्रीमा बिद्युत सर्ट भई अचानक आगलागी भएको हो । सो आगलागी जनपद प्रहरी, सशस्त्र प्रहरी स्थानीयवाशी, तथा भद्रपुर,मेचीनगर र बिर्तामोड, इटहरी लगायातका नगरपालिकाको दमकलले निभाउने कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । क्षतिको विवरण आइनसकेको झापाका प्रहरी प्रवक्ता डिएसपी राकेश थापाले बताउनुभयो

सोमबार, २० बैशाख, २०७८, बिहानको ०८:५१ बजे

सम्बन्धित खवर