बजार अनुगमनमा निस्कियो दमक उद्योग बाणिज्य संघ सहितको संयुक्त टोलि : तोकिएको मापदण्ड अपनाउन सबैमा आग्रह

बैकल्पिक खवर

दमक / दमक उद्योग बाणिज्य संघ सहितको सयुक्त टोलिले दमक बजार अनुगमन गरेको छ । संघका अध्यक्ष गोकुल श्रेष्ठ ,  इलाका प्रसासन कार्यलय , दमक नगरपालिका , जिल्ला घरेलु कार्यलय र गुणस्तर तथा नापतौल बिभाग सहितको टोलिले बजार अनुगमन गरेको हो ।         

अध्यक्ष श्रेष्ठ , बरिस्ठ उपाध्यक्ष गोपाल गुराँगाई , प्रथम  उपाध्यक्ष राजु खड्का सहितको दमक उद्योग बाणिज्य संघ र अन्य सरकारी निकाय सहितको सो टोलिले  बजार अनुगमन गर्दै जिल्ला प्रसासन कार्यलय र दमक नगरपालिकाले तोकेको मापदण्ड पालना गर्न ब्यावसायीहरुलाई आग्रह गरेको छ । कोरोना महामारीको दोश्रो लहर झनै खतरनाक रहेको भन्दै ब्यावसायिहरु लाई सुरक्षीत रहन आग्रह गर्दै स्वास्थ सम्बन्धी सबै मापदण्ड अपनाउन अनुरोध समेत गरेको छ ।                                                संघका अध्यक्ष श्रेष्ठले पछिल्लो केही दिनमा दमकमा कोरोना संक्रमितको संख्या अनपेक्षित रूपमा बढीरहेले सबै ब्यावसायीहरु लाई गम्भीर हुन आग्रह गरेका छन । साथै बजार अनुगमन नियमित रूपमा गरिने प्रथम  उपाध्यक्ष राजु खड्काले जानकारी दिए ।

सोमबार, २० बैशाख, २०७८, बिहानको १०:२३ बजे

सम्बन्धित खवर