नयाँ कोरोना संक्रमणका कारण दमकमा २ जनाको मृत्यु

बैशाख २०, सोमबार , दमक/ नयाँ भेरियन्ट नामको कोरोना संक्रमणका कारण दमकमा २ जनाको मृत्यु भएको छ । दमक नगरपालिकामा सोमबार बिहान सम्ममा नयाँ भेरियन्टका ७० जना संक्रमित फेला परेको स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिएका छन् ।कोरोना संक्रमणका कारण दमकमा थप एक जनाको ज्यान गएको छ ।
धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दमक २ की ६५ वर्षिया वृद्धाको मृत्यु भएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । कोरोना संक्रमणको नयाँ भेरियन्टका कारण यस अघि समेत दमकमा एक बृद्धको निधन भएको थियो ।

सोमबार, २० बैशाख, २०७८, दिउँसोको १२:१९ बजे

सम्बन्धित खवर