फुटको संघारमा जसपा : ठाकुरले सांसदहरुलाई दिए काठमाडौँ नछाड्न निर्देशन

बैशाख २० गते,काठमाडौँ । फुटको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफू निकटका सांसदहरुलाई काठमाडौँ नछाड्न र काठमाडौँ बाहिर भए तत्काल काठमाडौँ आउन पनि निर्देशन दिएका छन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते विश्वासको मत लिने निर्णय लिएसँगै ठाकूरले आफू निकट सांसदहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

‘ठाकुरले पूर्वराजपाका सबै सांसदलाई कामठाडौँ छाडेर नजान र बाहिर भए तत्काल काठमाडौँ आउन निर्देशन दिनु भएको छ,’ ठाकुर निकटका एक सांसदले । ति सांसदका अनुसार २७ गतेको संसद् बैठकमा आउन र प्रधानमन्त्रीलाई विश्वासको मत दिन ठाकुरदे ह्वीप लगाउने तयारी छ ।

जसपाभित्र ठाकुर ओलीसँग नजिक छन् । उनी ओलीसँग सत्ता साझेदारी जाने तयारीमा छन् । तर जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव भने कांग्रेस/माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार बनाउने तयारीमा छन् ।

यसको प्रत्यक्ष असर असर जसपाको लुम्बिनी प्रदेशमा परेको थियो । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध हस्ताक्षर गरेर पनि मन्त्री बनेका ठाकुर नजिकका सांसदलाई भट्टराई र यादव पक्षले कारबाही गरेर पदमुक्त गरिसकेका छन् । तर ठाकुरले प्रदेश सभा र निर्वाचन आयोगमा पत्र पठाएर उनीहरुलाई कारबाही नगर्न माग पनि गरेका छन् ।

सोमबार, २० बैशाख, २०७८, दिउँसोको ०४:४५ बजे

सम्बन्धित खवर