पोखरा /  तत्कालिन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबिच एकता पश्चात बनेको समाजवादी पार्टी नेपालले एकताको प्रक्रियालाइ प्रदेश तर्फ झारेको छ । यसै क्रममा सो पार्टीले हिजो गण्डकी प्रदेशको समायोजन सम्पन्न गरेको छ । हिजो काश्कीको पोखरामा पार्टीका केन्द्रिय सदश्य मोती रिजालको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कार्यकारिणी समिति घोषणा गर्दै समायोजन प्रक्रिया सम्पन्न गरेको हो । रिजाल नेतृत्वको समितिमा काशीमाया गुरुङ, रमेश पोखरेल, दिपक तामाङ, गुणाखर बस्याल र हेमबहादुर थापा उपाध्यक्ष रहेका छन त्यस्तैगरी मुख्य सचिवमा हेमन्त थापा मगर चुनिएका छन् भने सचिवहरुमा तारा नेपापली, पार्वती जीसी, रेकी गुरुङ र कोषाध्यक्षमा भुवन रिजाल रहेका छन ।


हिजो सम्पन्न सो कार्यक्रममा पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई, उपाध्यक्ष हेमराज राई , माहासचिव गँगा नारायण श्रेष्ठ लगायतका केन्द्रिय नेताहरुको उपस्थिति रहेको सो पार्टीले जनाएको छ । केन्द्रिय समितिको एकता सम्पन्न गरे सँगै पार्टीले प्रदेसहरुको समायोजनलाइ प्रक्रियालाइ अगाडी बढाएको पार्टी माहासचिव गंगा नारायण श्रेष्ठले वताए । ७ नम्बर र ४ नम्बर प्रदेशको समायोजन सम्पन्न भएको छ अब बाँकी प्रदेशको पनि चाँडै सम्पन्न गर्ने तयारीमा छौँ माहासचिव श्रेष्ठले भने ।

Facebook Comments Box